मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

गाजामा चार वर्षयताकै शक्तिशाली हमला,पूर्ण विवरण आउन बाँकी

आइतबार, ३१ असार २०७५, १४ : ३५
आइतबार, ३१ असार २०७५

एजेन्सी– हमास लडाकूहरुका विरुद्धमा गाजामा शनिबार शक्तिशाली हमला भएको समाचार छ । यस हमलालाई सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला भएको बताइएको छ । 

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले यो आक्रमणको पुष्टि गरेका छन् । गाजातर्फबाट इजरायलमा रकेट हानिएको र ती रकेटकहरुको जवाफी आक्रमणका रुपमा यताबाट हमला गरिएको उनले बताएका छन् । 

यसका साथै उनले आवश्यक परेमा थप कारबाही पनि गरिने जानकारी समेत दिनुभएको बताइएको छ । तर उता प्यालेस्टिनीहरूले भने युद्धविराममा सहमति भएको र आक्रमण स्थगित भएको जनाएका छन् । 

उनीहरुले पहिला गाजातर्फबाट हमला भएको भन्ने समाचारको भने खण्डन गरेका छन् । उनीहरुले युद्धविरामकै समयमा यताबाट हमला नभएको बताएका छन् । 

इजरायलतर्फ प्रहार गरिएका दर्जनौँ रकेटबाट केही व्यक्ति घाइते भएका छन् । त्यहाँ ठूलै हताहतको समाचार भने आएको छैन । 

प्यालेस्टिनी अधिकारीहरूले गएराति गाजा शहरमा गरिएको हवाई आक्रमणबाट केहीको ज्यान गएको बताएका छन् । यससम्बन्धी पूर्ण विवरण भने आइसकेको छैन । 

गाजातर्फ पछिल्ला केही समयमा हिंसा मच्चिएको छ । हमासका विरुद्ध इजरायलका तर्फबाट पनि ठूला हमलाहरु हुने गरेका पछिल्ला समाचारहरुमा जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप