बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैंकले भन्यो, ‘भोली अबेर सम्म बैंक खुला राख्नु’

आइतबार, ३१ असार २०७५, १४ : ०७
आइतबार, ३१ असार २०७५

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई भोली अबेर सम्म कार्यालय खुला राखेर सेवा दिन निर्देशन दिएको छ । राष्ट्र बैंकले आर्थिक वर्षको अन्त्यमा राजस्व बुझाउनेहरु उल्लेख्य हुने भएकाले अबेरसम्म कार्यालय खोलेर राजस्व बुझ्न भनेको हो । 

राष्ट्र बैंकले यसअघि वर्षभरीनै असोज, पुष, चैत र असार महिनाको अन्तिम हप्ता २५ गतेपछि शनिवार वा सार्वजनिक विदा परे पनि कार्यालय खोलेर सेवा दिन भनेको थियो ।  

आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय, भन्सार कार्यालय लगायत राजस्व कारोबार गर्ने सम्पूर्ण बैंक तथा वित्तिय संस्था र नेपाल क्लियरिङ हाउसलाई पुर्णकालिन रुपमा खुला गर्ने व्यवस्था गर्न केन्द्रीय बैंकले निर्देशन दिइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप