मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गोमन सर्पले डसेर ढकालको मृत्यु

आइतबार, ३१ असार २०७५, १३ : ५७
आइतबार, ३१ असार २०७५

सुरुङ्गा– विषालु सर्पको डसाइबाट आज झापामा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ६ बुट्टाबारी निवासी ४५ वर्षीय पिताम्बर ढकाल रहेका छन् । ढकाललाई आज बिहान गोठमा खोले पकाउने क्रममा गोमन सर्पले डसेको प्रहरीले जनाएको छ । 

सर्पले डसेलगत्तै उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप