बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ब्लु–स्टारमा ‘फेसन युनाइटस् फेसन–शो’

आइतबार, ३१ असार २०७५, १३ : ४४
आइतबार, ३१ असार २०७५

    
काठमाडौ– रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा राजधानीमा ‘फेसन युनाइटस् फेसन–शो’ आयोजना गरिएको थियो । शुक्रबार त्रिपुरेश्वरस्थित ब्लु–स्टार होटलमा आयोजित फेसन–शोमा यंपु फेसन डिजाइनिङ इन्ष्टिच्यूटकी सानु बज्राचार्यले तयार पारिएका फेसनका डिजाइनहरु प्रस्तुत गरिएको थियो । 


    
२० व्यावसायिक मोडलले र्याम्प नापेको फेसन शोमा रीता लिम्बु, निर्मला केसी, सुजिना तण्डुकार, पृथा मुलेपति घिमिरे, रोजी बज्राचार्य, आशिका श्रेष्ठ प्रजापति र यंपु फेसन डिजाइनिङ इन्ष्टिच्यूटकी फाउण्डर डिजाइनर सानु बज्राचार्यले तयार पारेका ढाका कपडाका फेसनेबल पहिरनको अलावा सिल्क,पार्टीवेयर, क्याजुयल, समर लगायतका मोहक विभिन्न डिजाइनका पहिरन बिरालो चलमा मोडलले प्रस्तुत गरेका थिए । 

अभिनेत्री शुभेच्छा थापा शोज–टपरको रुपमा रहेको फेसन शोको कोरियोग्राफी आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी कंपनीका फाउण्डर राज फैंजुले गरेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप