शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जर्मनीः विमानमा अक्सिजनको कमीले यात्रुको कान र मुखबाट रगत बग्यो, आपतकालीन अवतरण गर्नुपर्यो

आइतबार, ३१ असार २०७५, १३ : १९
आइतबार, ३१ असार २०७५

आयरल्याण्डको डबलिनबाट क्रोएशियाको जदार जाँदै गरेको रायनएयरको फ्लाइटमा शनिबार अक्सिजनको कमी भएपछि ३३ यात्रुको कान र मुखबाट रगत बग्न थाल्यो । उनीहरुलाई सास फेर्न समस्या हुन थाल्यो । त्यतिबेला विमान करिब ३७ हजार फिटको उचाईमा थियो ।

यात्रुहरुले आफूलाई समस्या भएको बताएपछि उनीहरुलाई अक्सिजन मास्क लगाउन दिइयो । विमानलाई जर्मनीको फ्र्याङ्कफर्टमा इमर्जेन्सी ल्याण्डिङ गराइयो । घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । उपचारपछि उनीहरुलाई छुट्टी दिइएको छ । एयरलाइन्सले केबिन प्रेशरमा अचानक कमी आएका कारण यस्तो भएको जानकारी दियो । विमानको जानकारी राख्ने वेबसाइट फ्लाइट रडारका अनुसार घटना हुँदा विमानले ८० मिनेटको उडान भरिसकेको थियो । समस्या बताएपछि पाइलटले विमानलाई करिब ७ मिनेट मा ३७ हजार फिटबाट १० हजार फिटको उचाईमा पुर्याएको थियो ।

यात्री रिसाएः

उपचारपछि थुप्रै यात्रीले रायनएयर स्टाफलाई गैरजिम्मेवार बताउँदै रिस पोखेका छन् । एक यात्री मिनेरवा गेलवानले जर्मनी वेबसाइट स्पिगल अनलाइनलाई भनिन्, ‘ल्याण्डिङपछि हामीहरुलाई ४५ मिनेटसम्म विमान बाहिर निस्कन दिइएन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप