शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इभान राकिटिक : बाबाको शरणार्थी जीवन र क्रोएसियाको माया

आइतबार, ३१ असार २०७५, १३ : ११
आइतबार, ३१ असार २०७५

त्यो क्षण जब मेरो बाबाले बाक्साबाट जर्सी झिके । म र मेरा दाजुलाई के थाहा थियो भने अब हामीले कहिल्यै यो उतार्ने छैनौँ ।

स्विजरल्यान्डस्थित हाम्रो घरमा पहिलो पटक बाक्सा ल्याइएको बेला त्यसभित्र के छ भन्ने हामीलाई थाहा थिएन । बाक्साको सबैभन्दा माथि एउटा कागज थियो । त्यहाँ क्रोएसियाको ठेगाना लेखिएको थियो । अक्षर हेर्दा त्यो हतारमा लेखिएको छ जस्तो लाग्थ्यो ।

हामी क्रोएसियालाई घर भन्थ्यौं तर यो त्यस्तो देश थियो जहाँ न म, न मेरो दाइ नै कहिल्यै पुगेका थियौँ ।

घरभित्र हामी क्रोएसियन भाषामा कुरा गथ्र्यौं र स्विजरल्यान्डस्थित हाम्रो सहर रेइनफेल्डेनमा केही क्रोएसियालीहरू थिए । अझै पनि मेरा लािग क्रोएसिया दुर्गम नै थियो ।

सन् १९९१ मा युद्ध सुरु भएपछि हाम्रो परिवार फर्किएर क्रोएसिया गएको थिएन । मेरो दाइ डेजान र मेरो जन्म स्विजरल्यान्डमै भएको हो ।

हामीले क्रोएसियाका विषयमा जानकारी पाएको भनेको टिभीमा आउने कार्यक्रम र मेरा बाबुआमाले देखाउने फोटोहरूमार्फत हो ।

अनि कहिलेकाँही आमाबाबुले क्रोएसियाका व्यक्तिहरूसँग गर्ने कुराकानी सुनेर हो ।

सानोमा बाल्कनमा के भइरहेको छ भन्ने बुझ्न धेरै गाह्रो थियो ।

मेरा आमाबाबुले कहिल्यै मलाई युद्धका कारण बताएनन् ।

उनीहरू युद्धका विषयमा थाहा पाएर पनि छोराहरू दुःखी बनुन् भन्ने चाहँदैन थिए ।

त्यसैले सकभर उनीहरू यस विषयमा कुरा गर्नै चाहँदैन थिए ।

तर कहिलेकाहीँ त्यस्तो हुन्थ्यो, जतिबेला क्रोएसियामा रहेका हाम्रो आफन्तहरूसँग कुरा गर्दा उनीहरू रुन्थे ।

मलाई त्यसको सम्झना छ । तर कसरी त्यो रुवाइ वा भावनालाई व्यक्त गर्ने । मसँग शब्द छैन ।

यो एउटा खराब सपनाजस्तो थियो । हामी भाग्यमानी थियौँ । हामी टाढा थियौँ । त्यसैले के भयो भनेर हेर्न परेन ।

तर हाम्रा बाबुआमाको दिमागबाट त्यो टाढा थिएन । किनकि उनीहरूका धेरै साथीभाइ र आफन्त क्रोएसियामै थिए ।

आफूले माया गर्ने धेरैलाई उनहरूले गुमाइसकेका थिए ।

अनि मलाई याद छ, जतिबेला म ५ वर्षको थिएँ । मैले टिभीमा एउटा रिपोर्टमा युद्धबारेको भिडियो र केही फोटो हेरेको थिएँ ।

त्यसरात मैले सोेचेँ, ‘यस्तो छ असम्भव छ ? कसरी हुनसक्छ ?’

क्रोएसियाले युगोस्लाभियाबाट स्वतन्त्र हुनअघि नै छुट्टै राष्ट्रिय टोली खडा गरिसकेको थियो र यस टोलीले केही म्याच पनि खेलेको थियो ।

यहीँबाट थाहा हुन्छ । फुटबलको महत्व हाम्रो देशका लागि कति छ ।  

हाम्रो देश मात्रै होइन, कुनै पनि देश र त्यहाँका जनताका लागि फुटबलको महत्व कति हुन्छ । 

र मेरो बाबुले एउटा चक्कु झिकेर ताल्चा काटे । अनि त्यो बाक्सा खोले । त्यहाँबाट क्रोएसियाका दुईवटा जर्सी निकाले ।

एउटा मेरो दाजु र अर्को मलाई थिए । यस्तो लाग्थ्यो, ‘हामी यसैको एउटा भाग हौँ ।’

हामी त्यही जर्सी लगाएर सुत्यौँ । भोलिपल्ट स्कुल जाँदा पनि लगाउँथ्यो र पर्सिपल्ट पनि । हामी त्यस्तो जर्सी निकाल्नै चाहँदैन थियौँ ।

‘वाह हामीसँग क्रोएसियाको जर्सी छ,’ यस्तै सोच्थ्यौँ । रातो र सेतो रङको उक्त जर्सी, जसले रातो, सेतो र निलो रङ अङ्कित हाम्रो झन्डाको प्रतिनित्वि गथ्र्यो । त्यस जर्सीमा नम्बर भने उल्लेख थिएन ।  म र मेरा दाजु दुवैलाई १० नम्बर लगाउने मन थियो । त्यो हाम्रो लागि धेरै स्पेसल थियो ।

अब रोचक कुरा सुन्नुस् । फुटबल खेल्न सुरु गर्दा मैले क्रोएसियाको जर्सी लगाउने गरेकै थिइनँ । म त स्विजरल्यान्डको जर्सी लगाउँथेँ । जुन मेरो अर्को घर हो । मैले इमानदारीताका साथ भन्नुपर्छ । मानिसहरूले परिचय साध्दा म आफूलाई स्विस भनेर चिनाउँथेँ । अनि उनीहरू छक्क पथेँ, ‘स्विस ? इभान राकिटिक ?’

म स्विजरल्यान्डमै जन्मिए । यहीँ हुर्किए । स्कुल यही पढेँ र मेरा धेरै साथीहरू यही देशका छन् । त्यसैले सानोमा म स्विजरल्यान्डको जर्सी लगाउन पाउँदा निकै गर्व गर्थें । युग टोलीबाट खेल्दा मैले यस्तो जर्सी लगाउँथेँ र पनि मेरो सबैभन्दा ठूलो कथा, मेरो हृदयको ठूलो भाग क्रोएसियामा छ । यो सधैँ हुनेछ ।

युद्ध सकिएको केही वर्षपछि म र मेरो दाजु परिवारसहित क्रोएसिया गयौँ । त्यहाँ हामीलाई के थाहा भयो भने मानिसहरू अझै युद्धका विषयमा बोल्न चाहन्नन् । उनीहरू भन्छन्, ‘हामीले यसलाई बिर्सिसक्यौँ । हामी अगाडि बढिरहन पर्छ र यसलाई पछाडि छाड्न पर्छ ।’

क्रोएसियाको पहिलो भ्रमणले मलाई मोहलिन, अर्थात स्विजरल्यान्डमा हामी बस्ने ठाउँको झल्को दिन्छ ।

जरल्यान्डको यही सहरमा धेरै क्रोएसियालीहरू आएका थिए । त्यसैले हाम्रो छिमेकमा क्रोएसियाली रेस्टुरेन्ट र व्यक्तिहरू धेरै थिए ।

जब सन् १९९८ मा क्रोएसियाले पहिलो पटक विश्वकप खेल्यो । त्यतिबेला यी रेस्टुरेन्ट र घरहरूमा क्रोएसियाको झन्डा झुन्ड्याइएको थियो । झ्यालहरूमा झन्डा थियो । लाग्थ्यो, हामी स्विजरल्यान्ड होइन क्रोएसियामा छौँ । सबैजना पागलजस्तै भएका थिए ।

म र मेरो दाइले यस प्रतियोगिता हाम्रो घरमै बसेर बाबुसँग हे¥यौँ, हाम्रो क्रोएसियाली जर्सी लगाएर । अनि, हामीलाई बोल्न छुट थिएन । ९० मिनेटसम्म हामीले के गर्न पाउथ्यौँ भने टिभीमा खेल हेर्न मात्रै । ‘हामी यसपछि पनि कुरा गर्न सक्छौँ,’ बाबुले भन्थेँ, ‘अहिले खेल हेर्ने काम मात्रै गरौँ ।’

तपाईंले कुनै पनि क्रोएसियनलाई सोध्नुस् । उनीहरूलाई जर्मनीविरुद्धको क्वाटरफाइनल अझै याद आउँछ । याद नओस् पनि किन ? हामीले औपचारिक रूपमा फिफाबाट सन् १९९२ मा मात्रै मान्यता पाएका थियौँ र ६ वर्षपछि हामी जर्मनीसँग विश्वकपको क्वाटरफाइनल खेल्दै थियौँ ।

खेल हेर्दाहेर्दै मेरो बाबुका दिमाग फुस्किइसकेको थियो, मलाई लाग्दैन मेरा बाबु लुका जत्तिको फुटबलका लागि अरू कोही पागल हुनसक्छ ।

स्विजरल्यान्ड आएपछि उनले निर्माण क्षेत्रमा मजदुरी थालेका थिए । उनी निकै बलिया छन् । जब उनी युवा थिए, त्यतिबेला उनी आफै फुटबल खेल्थेँ । डिफेन्सिभ मिडफिल्डर थिए र ४ नम्बरको जर्सी लगाउँथेँ ।
अनि जर्मनीलाई क्रोएसियाले ३–० ले हराएपछि ?

उनी खुसी उडेका थिए । आज पनि उक्त क्षण सम्झँदा उनी आनन्दित हुन्छन् । आज मलाई के लाग्छ भने हामी दुवैको सपनामा बाँचिरहेको छु । उनी बोस्नियामा छँदा निकै राम्रो खेल्थे तर स्विजरल्यान्ड आउने निर्णय लिएपछि उनले खेल्न छाडे । आफूले खेल्न छाडेपछि उनी मेरो र दाइको खेल हेर्न आउथे ।

फुटबल र क्रोएसियाको महत्व उनको जीवनमा ठूलो  छ ।
 
मैले उमेर समूहमा स्विजरल्यान्डबाट खेलेँ । इमानदारीतापूर्वक भन्नुपर्दा स्विजरल्यान्डको यु–१७, यु–१९ र यु–२१ टिमबाट खेल्दा मैले कहिल्यै क्रोएसियाबाट खेल्नेबारे सोचिनँ । मेरो जीवनमा त्यस्तो क्षण पनि आयो, जति बेला मैले स्विजरल्यान्डबाट खेल्ने वा क्रोएसियाबाट भन्नेबारे स्पष्ट गर्नुपर्ने भयो ।

मेरो ढोकामा स्विस प्रशिक्षकले घण्टी पनि बजाएका थिए । इमानदारीपूर्वक भन्नुपर्दा बाल्यकालमा यस्तो पनि समय थियो, जतिबेला म स्विजरल्यान्डबाहेक अरू देशबाट खेल्ने कल्पना पनि गर्न सक्दिनँ थिएँ ।
बासेल फुटबल क्लबबाट खेल्दा क्रोएसियाका प्रशिक्षक स्लाभेन बिलिक र क्रोएसियाली फुटबल सङ्घका अध्यक्ष मेरो खेल हेर्न आएका थिए । त्यसपछि हामीले एकअर्कासँग भेट गर्यौँ ।

स्लाभेनले भने, ‘म तिमीलाई टिममा बोलाउन चाहन्छु ।’ उनी मेरा लागि हिरो थिए तर त्यो क्षणमा मैले आफूलाई कुनै दबाब दिन चाहिनँ । उनले क्रोएसियाको टोली कसरी तयार हुँदैछ भन्ने योजना सुनाए  र त्यसमा सहभागी हुन मलाई आग्रह गरे ।
‘मसँग आऊ । हाम्रो देशका लागि खेलौँ । यो हामीले उत्कृष्ट तरिकाले गर्नसक्छौँ,’ उनले भने ।

मेरो दिमागले सोच्यो, ‘म तपाईंसँग छु ।’ उनले आत्मविश्वास धेरै दिलाएका थिए ।

स्लाभेनका विषयमा मैले धेरै भन्नुपर्दैन । उनी मैले मेरो करियरमा भेटेका व्यक्तिमध्येका एक महत्वपूर्ण व्यक्ति हुन् । प्रशिक्षक मात्रै होइन एउटा असल व्यक्तिका रूपमा पनि उनी फरक छन् । स्पेसल छन् । उनीसँग केही त्यस्ता विशेषता छन् । जसकारण तपाईंलाई उनको नेतृत्वमा खेल्न मनपर्छ ।


तर स्लाभेनसँग यसरीसँगै बसेर उनका कुरा सुनिरहँदा पनि मैले कुनै निर्णय दिइनँ । मलाई थाहा थियो । मैले तत्काल कुनै निर्णय लिन सक्नेवाला छैन ।
स्विजरल्यान्डले मलाई धेरै दिइसकेको थियो । त्यसैले केही समय सोच्नुपर्ने थियो । बासेलसँगको मेरो सिजन सकिएको थियो र म घरमा केही समय आराम गरेर बसेको थिएँ । केही दिनमै म जर्मनीको साल्केबाट खेल्नेवाला थिएँ ।

राष्ट्रिय टोलीको यो दुविधाबाट म लामो समयदेखि ग्रस्त थिएँ । त्यसैले मैले सोचे जर्मनी छाड्नुअघि नै यस विषयमा स्पष्ट हुन जरुरी छ । नयाँ क्लबमा आफ्नो करियर सुरु गर्दा म स्पष्ट भएर ध्यान केन्द्रित गर्न चाहन्थेँ ।
कोठामा बसिरहँदा के गर्ने भन्ने मलाई थाहा थिएन । मैले धेरै व्यक्तिहरूलाई सम्झिएँ । जसलाई मलाई यहाँसम्म ल्याउन ठूलो मिहिनेत गरेका थिएँ । अन्त्यमा, आफ्नो हृदयको सुनेँ ।

फोट उठाए र स्विजरल्यान्डका तत्कालीन प्रशिक्षकलाई डायल गरेँ । स्विस टिममा मैले करियर सुरु गर्दादेखि नै उनी प्रशिक्षक थिए । त्यसैले मैले उनीसँग सबैभन्दा पहिले कुरा गर्नु उचित सोचेँ । म किन क्रोएसियाका लागि खेल्दैछु भनेर सबैभन्दा पहिले उनलाई स्पष्टीकरण दिन उचित सोचेँ । मैले उनलाई भने कि यो स्विजल्यान्ड विरुद्धको निर्णय होइन ।
केवल यो क्रोएसिया लागि गरिएको निर्णय हो, मात्र क्रोएसियाका लागि ।

उनले शुभकामना दिए । त्यसपछि मैले स्लाभेनलाई कल गरेँ । अनि भने, ‘म तपाईंसँगै आउँदैछु । म टिमको अंश बन्दैछु ।’
 
अनि स्लाभेनले भने, ‘क्रोएसियाका सबै व्यक्ति तिमीलाई यहाँ देख्न पाउँदा निकै गर्वित हुनेछन् । अरू केही नसोच, केवल फुटबलको मज्जा लेऊ ।’
मैले फोनमा धेरै लामो कुरा गरेको थिइनँ तर मेरो बाबु मेरो कुरा सुन्दै कोठाबाहिर हिँडिरहेका थिए । उनको पैतालाको आवाज प्रस्ट सुनिन्थ्यो ।

जब मैले ढोका खोलेँ, त्यतिबेला उनले ढोकामै अडिएर मतर्फ हेरे । मैले उनलाई आफ्नो निर्णयबारे केही बताएको थिइनँ । उनले भने, ‘तिमी जुनसुकै टिम रोज, मेरो समर्थन हुनेछ । हामी दुईबीच यो एउटा ठूलो क्षण थियो ।’

मैले उनीसँग यही मौकामा सानो जोक गर्नेबारे सोचेँ ।
‘म स्विजरल्यान्डका लागि खेल्दैछु,’ मैले भने ।

‘ल ठीक छ,’ मेरा बाबुले खुसी भएर जवाफ फर्काए ।

मैले हाँस्दै भने, ‘होइन, होइन । म क्रोएसियाका लागि खेल्दैछु ।’

उनको आँखाबाट आँशु झ¥यो, आँखा भरियो । उनी रुन थाले ।

मैले जब मैदानमा पहिलो पटक क्रोएसियाका लागि खेलेँ । त्यतिबेला यो क्षण सम्झिएर भावुक भएको थिएँ । मलाई थाहा छ, मेरो बाबुले त्यही मन पराउँछन्, जहाँ अहिले म छु । आफ्नै खुट्टामा उभिएको हेर्न चाहन्छन् । मलाई लाग्छ, धेरै क्रोएसियनहरू यस्तै चाहन्छन् ।

हाम्रो देशका लागि खेल्ने र आफ्नो रङको रक्षा गर्ने, यसलाई अभिव्यक्त गर्न कुनै शब्द नै छैन ।

क्रोएसियाका व्यक्तिहरू स्पेसल छन् । उनीहरूको चरित्र यस्तै छ ।

जब म समर्थकहरूका अगाडि उभिएको हुन्छु । त्यस्तो क्षणमा यस्तो लाग्छ कि खेल कहिल्यै अन्त्य नहोस् । म सबै समर्थकलाई न्यानो अँगालो मार्न चाहन्छु । सबैले हरेक दिन यसरी नै खेल्न चाहन्छ । रहेक दिन सधैँ क्रोएसियामै खेल्न चाहन्छ ।

मेरो घरमा बाक्सा आउँदाको समयभन्दा अहिले म धेरै बुझ्ने भइसकेको छु तर अझै पनि म जर्सी उतार्न चाहन्न । यो जर्सी लगाउँदा केही दबाबहरू आउँछन् । तर यो राम्रो दबाब हो, मरो बुझाइमा । तपाईं विश्वलाई देखाउन चाहनुहुन्छ कि क्रोएसियाले केही गर्नसक्छ ।

स्लाभेन बिलिक र डाभोर सुकरजस्ता खेलाडीले छाडेको विरासतलाई तपाईं बोकेर अघि बढ्नुहुन्छ । मलाई लाग्छ अझै पनि हामीले उत्कृष्ट खेलिरहेका छौँ । विश्व फुटबलमा आफूलाई प्रमाणित गर्ने दिशामा छौँ ।
तपाईंलाई थाहा हुनसक्छ । मेरो परिवार कहिले कुन देश त कहिले कुन देशमा बसेको छ । मेरी श्रीमती स्पेनिस हुन् र मेरा दुई छोरीहरू बार्सिलोनामा हुर्किंदैछन् ।

यो विशेष छ, किनकी मेरी छोरीहरूसँग त्यस्तै अनुभव हुनेछ । जुन मसँग छ । फरक देशमा बस्नु र जीवनलाई फरक तवरले नियाल्नुको अनुभव र मेरा साना छोरीहरू मेरा ठूला फ्यान हुन्, पक्का ।
विश्वकप सुरु हुनअघि मैले केही विशेष अर्डर गरेको थिएँ । एक दिन म यसरी नै बाक्सा लिएर आएँ । त्यहाँ दुईवटा क्रोएसियन जर्सी थियो ।

उनीहरूले मलाई भनेका छन्, अब उनीहरू कहिल्यै यो जर्सी उतार्न चाहँदैनन् । म उनीहरूको भावना बुझ्नसक्छु ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप