शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चार हजार किमी गाडी चलाएपछि रुस पुगे चार फ्यान, लगभग ९ लाखको टिकट देखेर भने, ‘यत्तिमा त कार नै आउँछ’

आइतबार, ३१ असार २०७५, १२ : ५७
आइतबार, ३१ असार २०७५

फुटबल विश्वकप फाइनलमा आफ्नो टीमलाई सपोर्ट गर्न क्रोएशियाका चार फुटबल प्रशंसक कारमा रुस यात्रामा निस्किए ।   यद्यपी, फाइनल म्याच हेर्ने  यी प्रशंसकको इच्छा अधुरो हुनसक्छ किनभने पहिले नै बुक भइसकेको स्टेडियमको टिकटको मूल्य दुई हजार डलर भइरहेको छ अर्थात्, चारजनाले खेल हेर्नका लागि आठ हजार डलर (अर्थात् ८ लाख  ७५ हजार रुपैयाँ ) खर्च गर्नुपर्ने हुन्छ । यस्तोमा अब यी साथीहरुले टिकट खरिद नगर्ने निर्णय गरेका छन् । ‘टिकट किन्न जति पैसा खर्च हुन्छ, त्यसले त एउटा कार नै आउँछ,’ एकले भने ।

जुलाई ७ तारिखमा क्रोएशियाको क्वार्टरफाइनल खेल रुससँग थियो । यो हेर्नका लागि चारैजनाले मस्कोसम्म ड्राइभिङ गरेर पुग्ने योजना बनाए । चारै युवकले दुई हजार किलोमिटरसम्मको यात्रा कारमार्फत नै गरे । उनीहरुले हंगरी, रोमानिया, मोलदोवा पार गर्दै युक्रेनस्थित रुसको सीमासम्म पुगे । यद्यपी, युक्रेनबाट उनीहरुलाई क्रिमिया जाने अनुमती दिइएन किनभने रुस र युक्रेनबीच यो इलाका सन् २०१४ देखि विवादित छ । जसका कारण यी चारै युवकले क्वार्टरफाइनल म्याच हेर्न पाएनन् ।

क्रोएशियाको जीतले जाग्यो म्याच हेर्ने आशाः

क्वार्टरफाइनलमा रुसमाथि क्रोएशियाको जीतका कारण यी चारजनाले पुनः आफ्नो टीमलाई सपोर्ट गर्न रुस जाने सोच बनाए । तर अगाडि बढ्ने बाटो नभएका कारण चारैजना दुई हजार किलोमिटरको यात्रा गरेर क्रोएशिया फर्किए । त्यसपछि चारैजना क्रोएशियाबाट फ्लाइटमार्फत मस्को पुगे र फाइनलका लागि टिकटको खोजीमा जुटे । तर टिकटको मूल्यबारे थाहा पाएपछि उनीहरुको फाइनल म्याच हेर्ने धोको पूरा नहुने छाँटकाँट देखिएको छ ।

समूहका एक सदस्य डुब्रावको फ्लेगर भन्छन्, ‘पहिलो पटक जब हामी म्याच हेर्न भन्दै कारमा निस्किएका थियौं तब हामीलाई रुस–क्रिमिया सीमाको नियमबारे थाहा थिएन जसका कारण ६ दिन आवतजावतमा खर्च भयो । त्यसपछि जब क्रोएशियाले जितेपछि फाइनल हेर्ने इच्छा जाग्यो तब टिकट यति महँगो छ कि यतिमा त हामी चारजना मिलेर एउटा कार नै किन्न सक्छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप