बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेका पूर्व सीइओ साउद भन्छन्ः अदालतले न्याय दिलाउँछ

आइतबार, ३१ असार २०७५, १२ : ४९
आइतबार, ३१ असार २०७५

काठमाडौं–ओली सरकारले शेरबहादुर देउवा सरकारको पालामा गरेका नियुक्ती  खारेज गरेपछि  नेप्सेबाट निकालिएका चन्द्रसिंह साउदले सरकारले अन्याय गरेको जनाएका छन् । 

सरकारले आफुलाई हटाएर अन्याय गरेको भन्दै साउदले सर्वोच्च अदालतमा सरकार विरुद्ध मुद्दा दायर गरेका छन् ।

साउदका अनुसार सो मुद्दाको सुनुवाई  आज हुदैन छ ।

न्यायधिस डम्बर बहादुरको इजलासमा हुने सुनुवाइले आफुलाई न्याय दिलाउने साउदको विश्वास छ । 

साउँदले आफ्नो नियुक्ति राजनीतिक नभइ प्रतिस्पर्धाबाट भएको जनाउँदै भने, ‘मेरो नियुक्ति मन्त्रिपरिषदले गरेको निर्णय थिएन, धितोपत्र ऐन अन्र्तगत भएको निर्णयलाई कसरी उल्टाउन मिल्छ ? सरकारले अन्याय गरेपनि अदालतले न्याय दिलाउनेमा ढुक्क छु’ । 

यता दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र निक्षेप कर्जा सुरक्षा कोषका कार्यकारी अध्यक्ष कृष्णबाबु मिश्रले दिएको रिट उपर निर्णय गर्दै तत्काल देउवा नेतृत्व सरकारले गरेको नियुक्ति बदर नगर्न सर्वोच्चले आदेश दिइसकेको छ । 

१४ भदौ २०७४ पछि गरेको राजनीतिक नियुक्ति गत असार २० गते मन्त्रिपरिषदको निर्णयले खारेज गरेको हो । 

यो निर्णयसँगै नेप्सेका साउँद पनि निकालिएका हुन । 

सरकारले नेप्सेको सीइओमा अर्थमन्त्रालयकै उपसचिव रमेश अर्याललाई अर्को व्यवस्था नभएसम्मको लागि नियुक्त गरिसकेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप