शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

“पार्की” ब्राण्ड आइसक्रिमको व्यवसायीक उत्पादन सुरु

आइतबार, ३१ असार २०७५, १२ : ३६
आइतबार, ३१ असार २०७५

काठमाडौं । सिभान्स फूड प्रडक्टले ‘पार्की’ ब्राण्डको आइसक्रिमको व्यवसायिक उत्पादन थालेको छ ।

आइसक्रिम उत्पादनमा दुई दशक लामो समयको अनुभव र दुई महिनाको परिक्षण उत्पादन पछि सिभान्स फूड प्रडक्टले उक्त ‘पार्की’ ब्राण्डलाई बजारमा प्रस्तुत गरेको बताएको छ ।

सिभान्स फूड विशेषगरी खाद्यसँग सम्बन्धित उद्योग भएकाले उपभोक्ताको स्वास्थ्यलाई विशेष ध्यान दिएर उत्पादन थालिएको कम्पनीका प्रबन्ध निर्देशक मुरारीलाल कुमावतले जानकारी दिए ।

निर्देशक कुमावतल पार्की ब्राण्डको आइसक्रिमले स्वास्थ्यसँगै स्वाद र सन्तुष्टिलाई विशेष ध्यान दिएको बताए । 

अत्याधुनिक प्रविधि प्रयोग गरी बनाइएको पार्की ब्राण्डको आइसक्रिम तुलनात्मक रूपमा गुणस्तरीय, स्वास्थ्य बद्र्धक र स्वादिष्ट भएको कम्पनीको दाबी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप