बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डेजान लोभ्रेन : विश्वकपको फाइनल खेल्न लागेका 'शरणार्थी केटो'

आइतबार, ३१ असार २०७५, १२ : ०६
आइतबार, ३१ असार २०७५

एजेन्सी । क्रोएसिया विश्वकपमा पहिलोपटक छनौट भएको २० वर्ष पुगेको छ ।

बीस वर्षअघि उसले फ्रान्समा पाएको त्यो सफलतामा वर्षहरुसँगै बृद्धि भइरहेको छ । अघिल्लो बुधबार विश्वकपको फाइनल प्रवेश गरेर उसले यस सफलताको शृृङ्खलामा थप सिँढी चढेको छ । दुई दशकको छोटो समयमा नै उसले आफूलाई सक्षम रहेको प्रभाणित गर्यो । 

सन् १९५० मा उरुग्वेले विश्वकप फाइनल खेले यता क्रोएसिया विश्वकप फाइनल खेल्ने सबैभन्दा सानो राष्ट्र भएको छ । फाइनल प्रवेशसँगै यस टीम अगाडी एक महत्वपूर्ण प्रश्न तेर्सिएको छ – अन्ततः उसले फ्रान्स विरुद्धको फाइनल जितेर विश्वकप ट्रफी पनि उचाल्नेछ ?

क्रोएसियाको फाइनल खेल यसका प्रमुख खेलाडी डेजान लोभ्रेनको लागि आफ्नो क्षमता देखाउने अवसर हुनेछ । 

लाभ्रेन सन् १९९० को दशकमा बोस्नियामा भएको युद्धबाट उम्कँदा बच्चै थिए । त्यसपछिका सात वर्ष उनले शहणार्थीको जीवन भोग्नुपरेको थियो ।

लिभरपुलका यी डिफेन्डरले विश्वकप शुरु हुनुभन्दा अघिनै यदी कुनै क्रोशियाली टिमले विश्वकपमा आफ्नो क्षमता देखाउन सक्छ भने त्यो यही हो भन्ने सोचिसकेको जस्तो देखिन्छ ।

“हामी एक सानो देश हौँ, मात्र ४० लाख जनसङ्ख्या भएको देश । तर पनि यो पालीको हाम्रो टिममा ठूला प्रतिभाहरु छन् ,” उनले भने ।

“तपाईले हाम्रा खेलाडीहरु युरोपका एक से एक क्लब क्लबबाट खेलेको हेर्नुभयो भने पनि यसलाई स्वीकार्नु हुनेछ ।”

क्रोएसियाको २३ सदस्यीय स्क्वाडमा दुईजना (डोमिनिक लिभाकोभिच र फिलिप ब्राडरिक) मात्र क्रोएसियाली क्लबबाट खेल्छन् । बाँकी २१ जना युरोपमा प्रमुख क्लबहरुमा अनुबन्ध रहेका छन् ।

आफ्नो प्रेरणादायी प्रदर्शनबाट क्रोएसियालाई फाइनल पु¥याउन प्रमुख भूमिका खेलेका ३२ वर्षे खेलाडी लुका मोड्रिच रियल म्याड्रिडका लागि खेल्छन् । उनी उक्त क्लबमा खेलेको अवधिमा उनको क्लबले चार पटक च्याम्पियन लिग ट्रफी उचालिसकेको छ । हाल आएर उनी क्रोएसियाली फुटबल टिमको मुटुको स्पन्दन भएका छन् ।

त्यस्तै टिममा बार्सिलोनाका प्रतिभाशाली मिडफिल्डर इभान र्याकिटिच र युभेन्टसका बलिया स्ट्राइकर मारियो मान्डिुच्किच छन् ।

मान्डुच्किच बुधबार भएको इङ्ग्ल्याण्ड विरुद्धको खेलमा अतिरिक्त समयमा गोल गरेर नायक ठहरिएका थिए । 

“विश्वकपमा सहभागी हुनु आफैमा उपलब्धी हो,” लोभ्रेनले भने ,“तर हामी हाम्रो गुणस्तरमा विश्वास गर्छौँ । समूह चरणबाट अघि बढ्नु भएपछि तपाई लामो यात्रा गर्न सकिन्छ भन्ने विश्वास बढ्छ ।”

उनीहरुले साँच्चै लामो यात्रा तय गरेका छन् । मान्डजुभिकको गोलको सहयोगले क्रोएसियाले आइतबार मस्को फ्रान्सको सामना गर्दैछ ।

“मेरो शहरणर्थी जीवन”

लिभरपुल टिभीको लागि तयार पारिएको एक वृत्तचित्रमा लोभ्रेनले सन् १९९२ मा भएको बोस्निया युद्धबाट बचेर भाग्दाको बेलाको सम्झाना गरेका छन् ।

“म साइरन बजेको मात्र सम्झन्छु,” लोभ्रेनले भने । “ यो आवाज सुनेर म निक्कै डराउँथे किनकी त्यसपछि बर्सने बमको सोच मात्र आउथ्यो । केही भइहाल्छ कि भन्ने डर हुन्थ्यो ।”

“म मेरी आमाले मलाई भुँइतल्लामा लगेको सम्झन्छु । अनि हामी साइरन नरोकिएसम्म त्यहीँ बसेको त्यसको केही पछि मेरी आमा, अंकल र अन्टी र मसमेत कारमा चडेर जर्मनी गएको सम्झन्छु ।”

त्यसपछि उनको परिवार जर्मनीमा शहणार्थीको रुपमा बसे । तर त्यहाँको बसाई पनि दिगो हुन सकेन । त्यहाँ गएको सात वर्षपछि उनीहरुलाई क्रोएसिया फर्कन भनियो ।

आइतबारको सफलतासँगै लोभ्रेनले २०१७÷१८ को लिभरपुलको एक तितो सम्झना सुनाए । 

अक्टोबरमा भएको टोटनह्याम विरुद्धको खेलमा उनी ३१ औँ मिनेटमा मैदान बाहिर निस्किए । उनले मैदान छोड्दा लिभरपुल २–० ले पछाडी थियो । खेल समय सकिँदा लिभरपुल ४–१ को पीडादायी परिणामले हा¥यो । 

उक्त खेल पछि लोभ्रेनले सामाजिक सञ्जालमार्फत उनको परिवारमाथि हत्याको धम्की पाए । 

लोभ्रेनले रिपोष्ट गरेको उक्त म्यासेजमा लेखिएको थियो : “म तेरो परिवारलाई मारिदिनेछु, (अश्लिल शब्द) क्रोएसियाली ।” 

उनले त्यो बेलाको धम्कीको बारेमा भने : “मानिसहरुले मेरो बारेमा नराम्रो भन्दा मलाई मतलब लाग्दैन । त्यसले त्यीनकै चरित्र देखाउछ ! तर म मेरो परिवारमाथिको खतरालाई गम्भिरतापूर्वक लिन्छु । म त्यसलाई बेवास्ता गर्न सक्दिन र गर्दिँन पनि ।”

२९ वर्षे यी क्रोएट्सले २०१७÷१८ को सिजनको प्रारम्भमा केही खेल अघि खेल्न नसकुँला कि भन्ने डरका कारण पीडा कम गर्न पेनकिलर खाएको पनि बताए । 

“म खेल्न सकुँ भनेर औषधी खाइरहेको छु – प्रत्यक खेल अघि पाँचवटासम्म । म खेल्न त खेल्छु तर ट्रेनिङ्गमा जान सक्दिनँ । त्यही भएर मैले म्यानचेस्टर सिटी र बर्नलेसँगको खेल छुटाएँ ।” त्यही बेला क्रोएसियाली पत्रिका स्पोट्स्क नोभोस्टीसँगको कुरामा उनले भनेका थिए ।

तथापी लोभ्रेनले इङ्ग्ल्याण्डसँगको विजयपछि रिपोर्टरसँग बोल्दै आफ्नो सिजन खराब रहेको स्वीकार गर्न मानेनन् । 

“मैले लिभरपुललाई च्याम्पिएन्स लिगको फाइनलसम्म पु¥याएँ । अहिले मेरो राष्ट्रिय टिमसँग फाइनल पुगेको छु । मानिसहरुले मलाई उत्कृष्ट डिफेन्डरको रुपमा पहिचान गरुन् र मेरो बारेमा बकवास कुरा नगरुन भन्ने लाग्छ । ”

लोभ्रेन जुलाई २०१४ मा २ करोड ६५ लाख डलरमा साउथ एम्पटनबाट लिभरपुल स्थान्तरण भएका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप