बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नोबेल अस्पताल सञ्चालक डा.शर्माद्वारा शैक्षिक सामग्री प्रदान

आइतबार, ३१ असार २०७५, ११ : ०८
आइतबार, ३१ असार २०७५

बिराटनगर–विराटनगरको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङ सुन्दरहरैचाको एक बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । 
 

   नेपाली कांग्रेसको महासमिति सदस्यसमेत रहेका डा.शर्माले सुन्दरहरैचा–११ तिनमोहरीमा रहेको आदर्श आधारभूत बिद्यालयका ४१ जना बिद्यार्थीलाई ५० हजार भन्दा बढी मुल्यको शैक्षिक सामग्री प्रदान गरेका हुन् । अधिकांश विपन्न परिवारका विद्यार्थी अध्ययन गर्दै आएको सो विद्यालयमै पुगेर डा.शर्माले बिद्यालय पोसाक, कपी, कलम लगायत सामग्री प्रदान गरेका हुन् । 

    शैक्षिक सामग्री हस्तान्तरणका लागि बिद्यालयमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा डा.शर्मा र नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले बिद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । सो बिद्यालय आसपास चौधरी थरका बासिन्दाको बाहुल्यता छ । कक्षा ४ सम्म पढाई हुने उक्त बिद्यालयमा अधिकांस न्यून आर्थिक अवस्थाको परिवारका छात्र, छात्रा अध्ययनरत छन् । 
 

   शैक्षिक सामग्री हस्तान्तरणपछि बोल्दै डा.शर्माले सो बिद्यालयमा अधिकांस बिपन्न परिवारका बिद्यार्थी अध्ययन गर्दै आएको जानकारी पाएर थोह्रै भएपनि राहत दिलाउँनका लागि शैक्षिक सामग्री प्रदान गरेको बताए । आफ्नो बाल्यकालको दुःख, कष्ट स्मरण गर्दै डा. शर्माले भने ‘मैले पनि बाल्यकालमा एक जोडी स्कुल ड्रेसले बर्ष कटाउँथे ।’ सो क्रममा डा.शर्माले बिद्यालयलाई पनि सहयोग गर्न आफु तयार रहेको बताएका छन् ।   
    कार्यक्रममा बिद्यालयका प्रद्यानाध्यापक ओमनाथ मिश्र, शिक्षक अभिभावक संघका अध्यक्ष सन्तलाल चौधरी, बिद्यालय ब्यवस्थापन समिति सदस्य असोक भगवत र बिब्यसका पूर्व सदस्य श्याम चौधरीले डा.शर्माको सामाजिक सेवा भावको प्रशंसा गरेका थिए । डा.शर्माले आफ्नै लगानीमा चमार, डुम, झागड, मुसहर जस्ता जातिका सयौं बिद्यार्थीलाई निःशुल्क स्वास्थ्य शिक्षा पढाउँदै आएका छन् ।  
  

 डा.शर्माकै सहयोगका कारण नेपालमै पहिलो पटक सतार समुदायका युवाले एमवीवीएस उत्रिर्ण गरी डाक्टर बन्ने अवसर पाएका छन् । सामाजिक सेवामा लोकप्रियता कमाएका डा.शर्माले बिपन्न बिद्यार्थी र बिरामीको सहारा बनेर प्रशंसाको पात्र बन्दै आएका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप