मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा नेपालीको सख्ंया बढेसँगै विकृति न्यूनीकरणमा सहयोगी बन्न आग्रह

आइतबार, ३१ असार २०७५, १० : ४३
आइतबार, ३१ असार २०७५

जापान -जापानमा नेपालीको सख्ंया बढेसँगै विकृति बढेको भन्दै यसको न्यूनीकरणमा सरोकारवालाहरूले जोड दिएका छन् । उनीहरुले समस्या समाधानमा सम्बद्ध सबै निकायलाई जिम्मेवार भएर लाग्न पनि आग्रह गरेका छन् । 

फुकुओकामा ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानले शनिबार आयोजना गरेको कार्यक्रममा सहभागीहरूले उक्त धारणा व्यक्त गरेका हुन् । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले उज्वल भविष्य बनाउन जतिसुकै कठिनाइ भए पनि हार मान्न नहुने बताउँदै प्रवासमा विद्यार्थी जीवन सहज बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । 

समस्यासँग जुधेर सहज बाटाहरु अपनाउन आग्रह गर्दै उहाँले सबैमा केही न केही जिम्मेवारी रहेकाले संघर्ष र योजना दुवैलाई संगसंगै लिएर अघि बढ्नुपर्ने बताउनुभयो । 

सोफिया विश्वविद्यालयको ग्लोबल विभागका प्राध्यापक मासाको तानाकाले जापान नेपालीका लागि अवसरको खानी भएकाले यसको सदुपयोगका लागि उचित बाटो पहिल्याउन सक्नुपर्ने बताउनुभयो । उहाँले जापान छिर्नासाथ पैसाको पछि लाग्दा नेपाली समुदायमा विकृति बढ्दै गएकाले यसबारे सबै नेपाली समुदाय सचेत रहन पनि सम्बद्ध अधिकारीलाई आग्रह गर्नुभयो । 

जिज्ञानकुमार थापा, धर्मराज अधिकारी, रामकृष्ण श्रेष्ठ, कृष्ण सुवेदी, एनआरएनएका जापान प्रतिनिधि लक्ष्मण बानिया, फुकुओका नेपाल सोसाइटीका नवीन अधिकारी, नेपालस्थित सर्वोच्च अदालतका उपसचिव अशोक क्षेत्री लगायतले अध्ययनका लागि जापान आएका विद्यार्थीको भविष्य र चुनौतीका विविध विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए । 

फुकुओका प्रिफेक्चरका अधिकारी, फुुकुओका अध्यागमन विभागका पदाधिकारी र फुकुओका प्रहरी अधिकारीकोे पनि सहभागिता रहेको सो कार्यक्रममा नेपाली नेपाली बीचको विवाद, आन्तरिक कलह र चर्काे संवादको न्यूनीकरण तथा काममा सहयोगी बन्न सके जापानी नागरिक माझ नेपालीको विश्वास बढ्नेमा उनीहरूले जोड दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप