मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रसुवावासीको परिचयपत्र मात्र नवीकरण गर्न आग्रह

आइतबार, ३१ असार २०७५, १० : ३९
आइतबार, ३१ असार २०७५

रसुवा -विगतमा अध्यागमन कार्यालयबाट जारी भएका नेपाल–चीन केरुङ सीमा परिचयपत्रमध्ये वास्तविक रसुवावासीको परिचयपत्र मात्र नवीकरण गर्न आग्रह गरिएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार रसुवामा चार आना खरीद गरी बसाइँसराइ गरेर क्षणिक समयका लागि केरुङ जान बनाइएका सबै सीमा परिचयपत्रको आ.व. ०७५-७६ मा नवीकरण रोकी वास्तविक रसुवावासीको मात्र परिचयपत्र नवीकरणको प्रक्रिया अगाडि बढाइदिन अध्यागमन कार्यालयलाई अनुरोध गरिएको हो । 

केही व्यक्तिको रसुवामा कुनै पनि घर नभएको, सीमा क्षेत्रका बासिन्दाले केरुङ जानका लागि बसाइँसराइ गरेर परिचयपत्र मात्र लिएर अवैध धन्दाको कारोबारमा संलग्न हुँदा जिल्लाको बदनामी भएकाले रसुवागढी नाकाको व्यवस्थापनका लागि वास्तबिक रसुवावासीको पहिचान गरेर मात्र नवीकरण गरिदिन आग्रह गरिएको समेत प्रमुख भट्टले बताउनुभयो । 

बसाइँसराइबाट विगतको समयमा केरुङ जाने परिचयपत्र लिनेको संख्या तीन सयभन्दा बढी जारी भइसकेको देखिएको र जिल्लावासीको हकमा स्पष्ट निर्देशनका लागि माथिल्लो निकायमा जाहेर भइसकेको बताउँदै रसुवागढीस्थित अध्यागमन कार्यालयका प्रमुख मनोजकुमार पोख्रेलले कुनै नीति नभएकाले विगतमा भइरहेका कार्यलाई आफूले निरन्तरता दिँदै आएको बताउनुभयो । 

रसुवागढी अन्तर्राष्ट्रिय नाका भएकाले सबै व्यवसायीको कारोबारमा सहज बनाउन एकदिने पासका लागि गृह मन्त्रालयमा अनुरोध गरिसकेको र यसको व्यवस्था भए सबै समस्या समाधान हुने पमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताउनुभयो । अवैध कारोबार रोकी रसुवागढी नाका व्यवस्थित पार्न जाँचका लागि एक्स–रे मेसिन राख्ने तयारी भइरहेको र सम्भवतः दुई हप्ताभित्र मेशिन उपकरण मितेरी पुलमा जडान भइसक्ने समेत उहाँले जानकारी दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप