बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिलाको सामूहिक बलात्कारपछि मन्दिरको यज्ञशालामा जिउँदै जलाइयो

आइतबार, ३१ असार २०७५, १० : ३४
आइतबार, ३१ असार २०७५

भारतको उत्तर प्रदेशस्थित संभल इलाकामा एक महिलालाई सामूहिक बलात्कार पश्चात् जिउँदै जलाएर हत्या गरिएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार ३५ वर्षीया महिलालाई पाँचजनाले सामूहिक बलात्कार गरेपछि एक मन्दिरको यज्ञशालामा जिउँदै जलाएका हुन् । महिलालाई उनकै घर नजिकको मन्दिरमा जलाइएको स्रोतले बताएको छ ।

महिलाका श्रीमानलाई उद्धृत गर्दै स्रोतको जानकारी अनुसार पीडितले आफू जल्नुअघि युपी पुलिसलाई १०० नम्बरमा फोन गरेतापनि त्यहाँको फोन उठेन । अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।  

यो विभत्स घटना राजपुरा पुलिस स्टेशन अन्तर्गत पर्ने एक गाउँमा शनिबार अबेर राती भएको हो । महिलाका दुई सन्तान छन् । उनका श्रीमान् गाजियावादमा मजदुरी गर्छन् ।

पुलिसका अनुसार घटना हुनुअघि महिला आफ्नो घरमा सुतिरहेकी थिइन् र अचानक पाँचना मानिसहरु घरमा जबर्जस्ती छिरेर उनलाई सामूहिक बलात्कार गरे । पुलिसले पाँचजना विरुद्ध सामूहिक बलात्कार र हत्याको आरोपमा एफआइआर दर्ता गरेर छानबिन सुरु गरेको छ ।

पुलिसका अनुसार घटना शनिबार राती करिब साढे दुई बजेको हो । टाइम्स अफ इन्डियाले महिलाको अन्तिम फोनको क्लिप भेटेको छ जसमा उनी आफ्ना काकाको छोरासँग कुराकानी गरिरहेकी छिन् । उक्त कुराकानीमा उनले पुलिससँग सम्पर्क गर्ने कोसिस गर्दा पनि सफल हुन नसकेको बताएकी थिइन् ।

मृतक महिलाका श्रीमानले पुलिसलाई भने, ‘यी सबै पाँच आरोपी शनिबार राती करिब साढे दुई बजे घरमा जबर्जस्ती छिरे । त्यतिबेला मेरी श्रीमती घरमा एक्लै थिइन्  । राती अत्यधिक पानी परिरहेको थियो । त्यतिबेला घरमा मट्टीतेलबाट चल्ने बत्ती बलेको थियो । पाँचैजनाले मेरी श्रीमतीलाई पालैपालो बलात्कार गरे ।’

उनका श्रीमानले थपे, ‘उक्त घटनापछि मेरी श्रीमतीले यसबारे आफ्ना काकाको छोरालाई सुनाइन् किनभने त्यतिबेला मेरो र उनको भाइको फोन पहुँच बाहिर थियो । तर काकाका छोराले यसबारे पुलिस वा परिवारका अन्य सदस्यलाई जानकारी दिनुअघि यी पाँचैजना पुनः घरमा छिरे र श्रीमतीलाई घिसार्दै मन्दिर पुर्याए । त्यहाँ मन्दिरको यज्ञशालामा पाँचैजनाले उनलाई जिउँदै जलाइदिए ।’

पुलिसका अनुसार आरोपीको पहिचान आराम सिंह, महावीर, चरण सिंह, गुल्लू र कुमरपालको रुपमा भएको छ । ती पाँच अभियुक्त महिला बस्ने गाउँका नै हुन् । उनीहरुले केही महिनादेखि नै महिलालाई तनाव दिइरहेको बताइन्छ ।

पुलिसका अतिरिक्त महानिर्देशकले घटनास्थलबाट केही महत्वपूर्ण प्रमाण जुटाएको जानकारी दिएका छन् । उनले भने, ‘हामीले महिलाले आफ्नो काकाको छोरासँग गरेको अन्तिम फोन कल पनि सुरक्षित राखेका छौं । यसमा उनले पाँचै आरोपीको नाम लिएकी छिन् । यो वास्तमा नै हाम्रो लागि निकै महत्वपूर्ण प्रमाण हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप