केन्द्रीय संस्करण

एकै झट्कामा अमिताभ, शाहरुख र सलमानका लाखौं फलोअर्स कम भए, किन ?

person access_timeअसार ३१, २०७५ chat_bubble_outline0

बलिउड सेलिब्रिटीको ट्वीटर फलोअर्सको संख्यामा एकपटक पुनः अचानक गिरावट आएको छ । यद्यपी, यसको कारण उनीहरुको स्टारडममा कमीका कारण नभई ट्वीटरको सफाई अभियानका कारण भएको हो ।

जानकारीका अनुसार अमिताभ बच्चनको ट्वीटरमा चार लाख २४ हजार, शाहरुख खानका तीन लाख ६२ हजार एक सय ४१ र सलमान खानका तीन लाख ४० हजार आठ सय ८४ फलोअर्स कम भएका छन् । वास्तवमा ट्वीटरले डिएक्टिव र लक भएका खाता बन्द गरेको छ  जसका कारण यी सेलिब्रिटीको खातामा लाखौं फलोअर्सको कमी भएको छ ।

ट्वीटरमा फलोअर्सको संख्यामाथि निगरानी राख्ने वेबसाइट सोशलब्लेड डट कमका अनुसार आमिर खानका तीन लाख १६ हजार ९ सय, प्रियंका चोपडाका तीन लाख ५४ हजार ८ सय ४० र दीपिका पादुकोणको दुई लाख ८८ हजार दुई सय ९८ फलोअर्स कम भएका छन् । यो कसरी भयो यसबारे ट्वीटरले अहिलेसम्म कुनै आधिकारिक बयान दिएको छैन ।

यद्यपी, दिव्या दत्ता, ओनिर र अपूर्व असरानीलगायतले रातभरी यति ठूलो संख्यामा फलोअर कमी हुँदा प्रतिक्रिया दिएका छन् । दिव्याले ट्वीटरमा लेखिन्, ‘ओहो, के भयो ट्वीटर... एक घण्टामा अचानक हज्जारौं फलोअर्सको गिरावट ।’ दिव्याका चार लाख ९० हजार फलोअर्स थिए ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ