बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फिफाः ‘हट महिला’ लाई हेर्न प्रतिबन्ध !

आइतबार, ३१ असार २०७५, ०९ : ३८
आइतबार, ३१ असार २०७५

लण्डन । सायद फुटबल विश्वकपमा ग्ल्यामरको दिन समाप्त भएको छ किनभने फिफा अधिकारी अब ‘मोरल पुलिसङ’ को बाटोमा हिँडेका छन् । वास्तवमा एथिक्सको विषयमा चिन्तित अधिकारी टेलिभिजन स्टेशनले फुटबल गेमका बेला भीडमा भएका ‘हट’ महिलामाथि धेरै फोकस गर्न नुहने बताएका छन् ।

उनीहरुका अनुसार विश्वकपका बेला टेलिभिजन च्यानलले दर्शकदीर्घामा भएका महिलालाई देखाउने निकै समय बर्बाद गरेका छन् र पिचमा भइरहेको खेलमा पूरा फोकस गरेका छैनन् । अब अधिकारीले कभरेज हेरेपछि एक्सन लिने आदेश दिएको छ । विशेषगरी रुसी टेलिभिजन ब्रोडकास्टर्सलाई खेलको क्रममा महिला दर्शकमाथि क्यामरा फोकस नगर्न आदेश दिइएको छ ।

रुस र साउदी अरबबीच ग्रुप स्टेजको खेलको क्रममा स्ट्यान्डमा बसेकी एक ग्ल्यामरस मोडलको अत्यधिक कभरेज गरिएको बताइएको छ । फिफाको डाइभर्सिटी बोस फेडेरिको एदिएचीलाई जब यसबारे प्रश्न सोधियो तब उनले पनि आफू यसबारे सजग भएको बताए । यद्यपी, उनले यस्ता सामग्रीको प्रशारणमा प्रतिबन्ध लगाउने विषयमा केही भनेनन् । फेडेरिकोले भने, ‘जे पनि गलत भइरहेको छ हामी त्यसमा एक्सन लिउनेछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप