प्रियंकाले भनिन्, ‘साथीहरु, स्याम्पेन तोड्नुहोस्ः म आफ्नो थर परिवर्तन गर्दैछु’
नेपाली चलचित्रकी निकै व्यस्त नायिका प्रियंका कार्की र उनका प्रेमी नायक आयुष्मान देशराज श्रेष्ठ जोशीले आफ्नो १६ महिने प्रेम सम्बन्धलाई शनिबार इन्गेजमेन्ट गरेर थप कसिलो बनाएका छन् ।
आफ्नो परिवारको निकट सदस्यको सहभागितामा यी दुईले आफ्नो इन्गेजमेन्ट निकै गोप्य तरिकाले गरेका थिए । मिडियालाई यसबारे अत्तोपत्तो थिएन । यद्यपी, सोसल मिडियामा पूर्व मिस नेपाल र प्रियंकाकी बुहारी जेनिशा मोक्तान र आयुष्मानकी आमा रबिना श्रेष्ठले यी दुईको इन्गेजमेन्टका तस्बिर आ–आफ्नो ट्वीटर अकाउन्टमा सेयर गरेपछि यसबारे थाहा भएको हो ।
साथै, प्रियंका र आयुष्मानले पनि आ–आफ्ना फेसबुक अकाउन्टमा इन्गेज्ड भएको जानकारी अपडेट गरेका छन् ।
अभिनेत्री प्रियंका कार्कीले आयुष्मानसँग लगनगाँठो कस्दै, भयो इन्गेजमेन्ट
प्रियंकाले आठ घण्टा अघि एउटा स्ट्याटस लेखेर इन्गेजमेन्टका तस्बिरहरु आयुष्मानलाई ट्याग गरेर सेयर गरेकी छिन् ।
उनले लेखकी छिन्, ‘हामी निकै हर्षविभोर भएर यो घोषणा गर्न चाहन्छौं कि अब हाम्रो सम्बन्ध सदाको लागि हुनेछ । साथीहरु, स्याम्पेन तोड्नुहोस्ः म आफ्नो थर परिवर्तन गर्दैछु ।’ उनले अन्तिममा आयान्का ह्यासट्याग पनि प्रयोग गरेकी छिन् ।
यद्यपी, यी दुईको विवाह अर्को वर्षमात्र हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी
-
नेपालले सातौँ विकेट गुमायो, दुई रन बनाउँदै आउट भए सोमपाल
-
अर्धशतक बनाउँदै आउट भए सन्दीप जोरा
-
नेपालले पाँचौँ विकेट गुमायो, दीपेन्द्र पाँच रन बनाउँदै आउट भए
-
पासवर्ड बाँडेर चलाउन रोकेपछि बढ्यो नेटफ्लिक्सको मुनाफा
-
तीन रनमै पेभेलियन फर्किए कुशल मल्ल