बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तकोशीमा बढ्यो पानीको बहाव, २९ वटा ढोका खोलियो

आइतबार, ३१ असार २०७५, ०८ : ४६
आइतबार, ३१ असार २०७५

इनरुवा - पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । 

शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि केशी ब्यारेजको २९ वटा ढोका खुल्ला गरिएको र ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए । 

उक्त ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक प्रतिसेकेण्डभन्दा माथि पानीको बहाव भएपछि खतराको बत्ती बालिने गरेपनि सुनसरीमा खतराको अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले राससलाई बताए । 

कोशी ब्यारेज भएर पानी बग्ने क्षमता पाँच लाख क्युसेक प्रतिसेकेण्ड भएकाले दुई लाख क्युसेक पानीको बहाव हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको ब्यारेजको ढोका खोल्नका लागि कोशी ब्यारेज कन्ट्रोल रुमलाई निर्देशन दिइएको निरीक्षण पछि उहाँले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप