सन् २०१४ पछि हमासविरुद्ध इजराइलको सबैभन्दा ठूलो हमला
बीबीसी
इजराइलले ९० भन्दा बढी रकेट हमलाको जवाफमा आफूले उत्तर गाजामा हमासको दर्जनौं सैन्य क्षेत्रलाई निशाना बनाएको बताएको छ ।
प्यालेस्टिनी स्वास्थ्य अधिकारीका अनुसार गाजा शहरमा भएको हवाई हमलामा दुईको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
यो हमला सन् २०१४ हमासविरुद्ध इजराइलको सबैभन्दा ठूलो हमला हो ।
थुप्रै इलाकामा हवाई हमलाः
इजराइलको रक्षाबल (आइडीएफ) ले ट्वीटमार्फत भनेको छ, ‘गत एक घण्टामा आइडीएफका लडाकू विमानले गाजापट्टीमा हमासका चार सैन्य इलाकाका दर्जनौं स्थानालाई निशाना बनाए । यो हवाई हमलाको केन्द्र बेट लाहियामा हमास बटालियनको मुख्यालय थियो ।’
Over the last hour, IDF fighter jets targeted dozens of military targets in four Hamas military compounds throughout the Gaza Strip. The focus of the wide-scale strike was a Hamas Battalion HQ in Beit Lahia pic.twitter.com/nDIxRA4ovn
— IDF (@IDFSpokesperson) July 14, 2018
अर्को एक ट्वीटाम लेखिएको छ, ‘केही बेर अघिमात्र आइडीएफका लडाकू विमानले उत्तर गाजामा अल–शटी शरणार्थी क्याम्पमा एक भवनमाथि हमला गरेको छ । उक्त भवनभित्र एउटा सुरुङ बनाइएको थियो जसलाई तालिम दिन प्रयोग गरिन्थ्यो । यो सुरुङ हमासको सुरुङ नेटवर्कको हिस्सा थियो ।’
Moments ago, IDF fighter jets struck a high-rise building in the Al-Shati refugee camp in northern Gaza. The building was a Hamas training facility. A tunnel was dug under the building & used for underground warfare training. This tunnel is part of a Hamas terror tunnel network pic.twitter.com/M3C53RKMaC
— IDF (@IDFSpokesperson) July 14, 2018
जारी हुनसक्छ अभियानः
इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले अपरेशन जारी हुनसक्ने बताएका छन् ।
उनले भने, ‘यदि आवश्यक भए हमासको आतंककारी हमलाको प्रतिक्रियाको दायरा हामी बढाउन सक्छौं । यदि हमासले आज हाम्रो सन्देश पाएको छैन भने भोलि पाउनेछ ।’
प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारी अनुसार गजा शहरको एक खाली भवन इजराइली हवाई हमलाको निशाना बन्यो र नजिकैबाट यात्रा गरिरहेका मानिसहरु यसको शिकार भए ।
हमासको अनुसार शुक्रबार सीमामा भइरहेको प्रदर्शनको क्रममा इजराइली सैनिकको गाली लागेपछि एक प्यालेस्टिनीको मृत्यु भएको छ ।
‘दागियो दर्जनौं रकेट’
आइडीएफका अनुसार गाजाबाट इजराइलतर्फ दर्जनौं रकेट दागिएका छन् ।
इजराइलमा ९० भन्दा बढी रकेट खसेको रिपोर्ट छ । एउटा रकेट स्टेरात इलाकाको एक घरमा खस्यो जसमा तीनजना घाइते भएका छन् ।
यो हमला त्यतिबेला भएको हो जब पछिल्ला केही महिनादेखि यस इलाकामा हिंसाको बढोत्तरी भइरहेको छ ।
सीमामा अत्यधिक प्रदर्शन भइरहेको छ र प्यालेस्टिनीहरु इजराइलमा भएको आफ्नो पुर्ख्यौली घर फर्कन अधिकार दिन माग गरिरहेका छन् ।
उनीहरु गाजामाथि इजराइल र इजिप्टको तर्फबाट गरिएको नाकाबन्दी पनि समाप्त गर्न माग गरिरहेका छन् ।
इजराइल र इजिप्टले लडाकुको सुरक्षाको हिसाबले नाकाबन्दी गर्न आवश्यक छ ।
गाजाको स्वास्थ्य अधिकारीका अनुसार प्रदर्शनको क्रममा इजराइली सेनाको हातबाट एक सय ३० भन्दा बढी प्यालेस्टिनीहरुको मृत्यु भइसकेको छ र १५ हजारभन्दा बढी घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु