शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

आइतबार, ३१ असार २०७५, ०६ : ०६
आइतबार, ३१ असार २०७५

आजको राशिफल  

वि.सं.२०७५ साल असार ३१ गते । आईतबार । ईश्वी सन् २०१८ जुलाई १५ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । गीष्म ऋतु । श्रीशाके १९४० । आषाड शुक्ल पक्ष । तिथि तृतिया ५० घडी ४६ पला । नक्षत्र अष्लेशा ३० घडी ५७ पला,बेलुकी ०५ बजेर ४१ मिनेट उप्रान्त मघा । योग सिद्धि ५० घडि २८ पला । करण तैतिल,दिउसो २ बजेर ४७ मिनेट उप्रान्त गर,रातको ०१ बजेर ३७ मिनेट उप्रान्त वणिज । 

आनन्दादिमा बज्र योग । चन्द्रराशि कर्कट,साझ ५ बजेर ४१ मिनेट उप्रान्त सिह ।  

काठमाडौंमा सूर्योदय ५ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ७ बजेर ०० मिनेट । दिनमान ३४ घडी १२ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अरु व्यावसायमा नाँफा कमाउँन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनिति तथा समाजसेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन । साझपख भौतिक सम्पती तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) मुद्दा मामिला तथा अदालतबाट हुँने फैसला तपाईकै पक्षमा आउँनेछन् भने प्रतिष्पर्धिहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय हुँनेछ भने यात्राबाट भनेजस्तो उपलब्धि हासिल हुँनेछ । बिद्यार्थि बर्गहरुले पढाईमा मेहनेत गरि राम्रो नतिजा ल्याउँन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरु समयमा बन्नेछन् । 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा नाँफा कमाउँन निकै नै समय दिनु पर्नेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ । माया प्रेममा धोका हुँनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । साझपख समय राम्रो रहेकोले छोटो तथा रमाईलो यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । दाजुभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामाजिक कामहरु समयमा गर्न सकिने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रुपमा सुदृड हुँने समय रहेकोछ । बिद्यार्थिहरुले आफ्नो प्रतिष्पर्धिहरुलाई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । व्यापार व्यावसायबाट मनग्गे धन सम्पति कमाउँन सकिने हुदा आवस्यक्ताहरु परिपुर्ति हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर खिच्न सकिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा निकै पछि परिनेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुँनेछ सचेत रहनुहोला । घरायसि कुरामा आफन्तहरु बिच मनमुटाव सिर्जना हुँनेछ भने माया प्रेममा घटपट हुँने योग रहेकोछ । लामो दुरिको बिदेश यात्रा हुँने तथा बिदेशमा हुँनेहरुले मनग्गे धन सम्पति जोड्ने ग्रहयोग रहेकोछ । साझपख समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ भने आम्दानिका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । पढाई लेखाईमा राम्रो प्रगति गरि नाम कमाउँन सकिनेछ भने शिक्षा क्षेत्रको लगानिबाट भनेजस्तो आम्दानि हुँनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन मार्फन नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुँने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । साझपख लामो दुरिको यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आउँने अवसरलाई सहि रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ भने राजनिति गर्नेहरुले राज्यबाट बिशेष पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसायमा लगानि गरि मनग्गे नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानि गर्नेहरु सफल रुपमा स्थापित हुँनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिने भएपनि गन्तब्य पहिल्याउँन मुस्किल पर्नेछ । पढाई लेखाईमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । नयाँ योजना बनाउँन सकिने भएपनि सरकारि स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन । व्यापार व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनु होला । 

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) वादबिवाद तथा झै झगडाबाट टाडै बस्नुहोला अनाबस्यक धन तथा स्थाई सम्पति हानि हुँन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुँनाले प्रतिष्पर्धिहरु हावि हुँनेछन् । आम्दानिको तुलनामा खर्च अधिक हुँने हुँदा दैनिक गुजार गर्न गाह्रो हुँनेछ । घर परिवार तथा चेलि माईतिबिच सामान्य कुरामा राय बाजिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने हुँदा तिर्नु पर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुँनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापारमा लगानि गरि मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिने समय रहेकोछ । साझेदारहरुबिच मन मिल्ने हुँदा नया उद्योगमा लगानि गर्ने अवसर जुर्नेछ । पढाई लेखाईमा मन जाने हुँनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसि हुँनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुँनुको साथै जीवन साथिको साथ रहने हुँनाले काम गर्न उर्जा थपिनेछ । भौतिक तथा बिलाशि बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले अन्य व्यावसायमा पनि लगानि गर्ने अवसर आउँनेछ । बिद्यार्थिहरुले पढाई लेखाईमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामिप्यता बढेर जानेछ मने दाम्पत्य जीवन सुखि रहनेछ । सत्रु परास्त हुँनेछन् भने कुनै पनि न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुँने हुँदा मान सम्मानमा बृद्धि भएर जानेछ । सुख दुखमा साथ दिनेहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सोचेको कामहरु तत्काल गर्न नसकिने हुँदा समयले तपाईलाई पछि छाड्नेछ । पढाई लेखाईमा समय दिएपनि भनेजस्तो नतिजा हात लाग्ने छैन । व्यापार व्यावसायमा लगानि गरिहाल्ने वातावरण नभएकोले तत्काल कुनै कामको सुरुवात नगर्नुहोला । साझपखको समय राम्रो रहेकोले विवाद तथा प्रतिष्पर्धामा तपाईको जित निश्चित हुनेछ । आफन्त तथा साथिभाईको रहयोगले राम्रा काम गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप