शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिनेत्री प्रियंका कार्कीले आयुष्मानसँग लगनगाँठो कस्दै, भयो इन्गेजमेन्ट

शनिबार, ३० असार २०७५, २१ : २१
शनिबार, ३० असार २०७५

काठमाडौं– अभिनेत्री प्रियंका कार्कीले नायक आयुष्मान देशराज श्रेष्ठ जोशीसँगको  डेढ वर्षयताको अफयेरलाई विबाहमा परिणत गर्न लागेकी छिन् ।

शनिबार प्रियंका र आयुष्मानका  आफन्त र निकटस्थहरुको सहभागितामा यी दुईबीचको इन्जेगमेन्ट  सम्पन्न भएको छ । अभिनेत्री दीपाश्री निरौलाले प्रियंका र आयुष्मानको शनिबार इन्गेजमेन्ट भएको रातोपाटीलाई जानकारी दिइन् । 

इन्गेजमेन्टको फोटो तथा तस्बिर पूर्व मिस नेपाल तथा प्रियंकाकी बुहारी जेनिशा मोक्तानले सार्वजनिक गरेकी छन् । प्रियंका र आयुष्मानका बीच इन्गेजमेन्ट भएपनि   बैबाहिक कार्यक्रम कहिले हुने भन्नेबारे भने केहि खुलाइएको छैन । 

अहिलेकी निकै व्यस्त र चर्चित नायिका प्रियंका र नायक आयुष्मान पछिल्लो समय सार्वजनिक कार्यक्रममा सँगै देखिँदै आएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप