बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

८ वर्षिया बालिका बलात्कृत

शनिबार, ३० असार २०७५, २० : ३४
शनिबार, ३० असार २०७५

अछाम–साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षीय रेवन्त दासले आठ वर्षीया बालिकालाई पानी माग्ने निहुँमा बलात्कार गरेका छन् । 

बालिकाका आफन्त रोपाइँ गर्न गएको मौका छोपी दुई वर्षीया बहिनीकी गोठालो बसेकी सोही स्थानकी ती बालिकालाई असार २० गते दासले बलात्कार गरेको पीडित परिवारले जानकारी दिएको छ । 

बलात्कारको आरोप लागेका रेवन्तसहितको परिवार भागेर भारत गएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर रावतले ढिला गरी घटनाको उजुरी आउँदा पीडकलाई नियन्त्रणमा लिन अप्ठयारो भएको बताए ।
पीडित पक्षले यही असार २८ गते मात्र प्रहरीमा जाहेरी गरेको बताइएको छ । बालिकाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप