शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङमा जीप दुर्घटना, ६ घाईते, एक जना बेपत्ता

शनिबार, ३० असार २०७५, १९ : २१
शनिबार, ३० असार २०७५

-थम्मन थापा 

बागलुङ । जिल्लाको बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–४ छोरेगाउँतर्फ जाँदै गरेको लु१ज २७६२ नम्बरको जिप बुर्तिबाङ बजार नजिकै दुले भन्ने स्थानमा दुर्घटना भएको छ । 

जिप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् भने १ जना बेपत्ता भएको बताईएको छ । जिप सडकदेखि २५ मिटर तल तमानखोलामा खसेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख ओमप्रकाश यादवले जानकारी दिए ।

जिप खोलामा खस्दा ढोरपाटन नगरपालिका–४ की ४० वषीय नन्दकली गैरे बेपत्ता भएकी छन् । गैरैलाई खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ । 

घाईतेलाई प्रहरी तथा स्थानीयहरुले उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको प्रहरी प्रमुख यादवले जानकारी दिए । 

जीप दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–४ की १६ वर्षीया कमला विक, ढोरपाटन नगरपालिका–४ की १४ वर्षीया सरिता विक, ढोरपाटन नगरपालिका–४ का १६ वर्षीया थमबहादुर बिक, ढोरपाटन नगरपालिका–४ की ६० वर्षीया गौमती सिर्पाली, सोही स्थानकी ६५ वर्षीय फूलमती नेपाली र जीप चालक पोखरा लेखनाथ महानगरपालिका–११ का ३२ वर्षीय अनिल नेपाली घाईते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । 

बेपत्ता गैरैको स्थानीय तथा प्रहरी प्रशासनको सक्रियतामा खोजी कार्य भैरहेको प्रहरी प्रमुख यादवले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप