बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

केसीको जीवन तलमाथि भए सिंगो मुलुक अपराधी हुने : गगन थापा

शनिबार, ३० असार २०७५, १९ : ०२
शनिबार, ३० असार २०७५


काठमाडौं । नेपाली काँग्रेसका नेता एवम पूर्व स्वास्थ्यमन्त्री गगन थापाले वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् । 

शनिबार काठमाडौंमा निकालिएको बृहत प्रर्दशनपछि नयाँ बानेश्वरमा आयोजित कोण सभालाई सम्बोधन गर्दै थापाले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री ओली आफैं गम्भिर नभएको आरोप लगाए । 

उनले सरकारले जिद्धीमा वरिष्ठ चिकित्सक केसीको जीवन तलमाथि भए सिंगो मुलुक अपराधि हुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । 

कार्यक्रममा बोल्दै प्राध्यापक केदारभक्त माथेमाले मेडिकल क्षेत्रको सुधारको माग राखेर गरिएको आन्दोलनलाई बेवास्ता गरेर सरकारले एक जना नागरिकको पनि हित गर्न नसकेको दावी गरे । 

उनले मेडिकल शिक्षालाई गुणस्तरीय बनाउन माथेमा कार्य दलले तयार पारेको प्रतिवेदन कार्यान्वयन गराउन जोड दिइएको पनि स्पष्ट पारे । प्राध्यापक माथेमाले काठमाडौैं  उपत्यकामा मेडिकल कलेजहरुको आवश्यक्ता नभएको तर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । 

कार्यक्रममा नागरिक समाजका अगुवाहरुले पनि वरिष्ठ चिकित्सक केसीको माग तत्काल सम्बोधन गर्न माग गरेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप