बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कामलाई युद्धस्तरमा अघि बढाउन मन्त्रीहरुलाई प्रधानमन्त्रीको कडा निर्देशन

शनिबार, ३० असार २०७५, १८ : १९
शनिबार, ३० असार २०७५

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कामलाई युद्धस्तरमा अघि बढाउन सबै मन्त्रालयलाई कडा निर्देशन दिएका छन् । 

प्रधानमन्त्री ओलीले शनिबार पनि १३ वटा विषयगत मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेशपछि मन्त्रीहरुलाई कामलाई युद्धस्तरमा अघि बढाउन सचेत गराएका हुन् । 

सिंहदरबारमा जारी छलफलमा उनले समय सीमा तोकेर देश र जनताको हितमा कामलाई युद्धस्तरमा अघि बढाउन ढिलाई गर्न नहुने बताएका थिए । 

यसअघि प्रधानमन्त्री ओलीले १२ वटा विषयगत मन्त्रालयको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे मन्त्रीहरुसँग सामूहिक छलफल गरेका थिए । 

आज १३ वटा मन्त्रालयसँग छलफल जारी रहेको र कामलाई युद्धस्तरमा अघि बढाउने गरी अघि बढन प्रधानमन्त्रीले निर्देशन दिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 

प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी ढंगले सञ्चालन गर्न मन्त्रीहरुलाई कार्यान्वयन कार्ययोजना तय गर्न निर्देशन दिएका थिए । 

सोही निर्देशन अनुसार मन्त्रीहरुले पेश गरेको कार्ययोजनामाथि शनिबार पनि छलफल जारी छ । कार्ययोजनामा बजेट र त्यसको कार्यान्वयन गर्ने मितिसहितको योजना पनि समेटिएको सरकारका प्रवक्ता बास्कोटाले बताए । 

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट यही साउन १ गतेदेखि कार्यान्वयनमा लैजानेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप