बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानको एउटै घटनामा १०५ को मृत्यु, १५० घाइते

शनिबार, ३० असार २०७५, १७ : १६
शनिबार, ३० असार २०७५

इस्लामावाद । पाकिस्तानमा आसन्न निर्वाचनको प्रचारप्रसारका लागि गरिएको कार्यक्रममा भएको बम आक्रमणमा परी कम्तीमा १०५ जनाको मृत्यु भएको छ । 

बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा शुक्रबार भएको यस घटनामा परी अरु १५० जना घाइते भएका अधिकारीले शनिबार जानकारी दिएका छन् । मृत्यु हुनेमा एक स्थानीय नेतासमेत रहेका बताइएको छ । 

घटनामा मृत्यु भएका र घाइते भएकाको यो विवरणको बलुचिस्तान प्रान्तका गृह मन्त्री अघा उमरले पुष्टि गरेका छन् । घाइतेलाई विभिन्न अस्पतालमा उपचार भइरहेको उमरले जानकारी दिए । 

लडाकूहरुको समूह इस्लामिक स्टेट (आइएस)ले आफ्नो वेभसाइटमार्फत् घटना आफूहरुले गराएको जिम्मेवारी लिएको छ । 

राजनीतिक नेता नवाजजादा सिराज राइसानीलक्षित गरी आक्रमण गरेको जस्तो देखिएको मास्तुङका उपआयुक्त क्विम लासरीले बताए । उनले आफ्ना मतदातालाई सम्वोधन गरिरहेका बेला बम आक्रमण भएको थियो । 

पाकिस्तानमा पछिल्लो तीन दिनमा भएका विभिन्न घटनामा परी १३० भन्दा बढीको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । 

यही जुलाई २५ तारिखका दिन हुनलागेको निर्वाचनको मिति नजिकिदै गर्दा हिंसाका घटना पनि बढ्दै गइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप