गुफाबाट उद्धार गरिएका सबै घर फर्किने, यस्तो छ तयारी
बैंकक । गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका सबै बालक र उनीहरुका प्रशिक्षक आउँदो बिहीबार घर फर्किने भएका छन् ।
स्वास्थ्य उपचारपछि उनीहरुलाई अस्पतालबाट विदाई गरेर घर फर्काउन लागिएको अधिकारीले बताएका छन् ।
गुफामा फसेका १२ जना बालक र उनीहरुका एक जना फुटबल प्रशिक्षकलाई चार दिन अगाडि गुफाबाट उद्धार गरेर अस्पताल लगिएको थियो । उनीहरु गत जुन २३ मा गुफामा फसेका थिए ।
उद्धार गरिएका सवैलाई मनोवैज्ञानिक परामर्शसमेत गरिएको छ भने सम्पूर्ण स्वास्थ्य परिक्षण पनि भइरहेको अस्पतालले जनाएको छ ।
‘आउँदो बिहीबार उनीहरु सबैलाई अस्पतालबाट बिदा गरेर घर फर्काइने छ,’ अस्पतालका एक अधिकारीले भने ।
उद्धार गरिएका बालक र उनीहरुका अविभावकलाई आफन्त र साथीहरुसँग समय बिताउन, तर सञ्चार माध्यमलाई अन्तवार्ता नदिन सुझाव दिइएको छ ।
थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा उनीहरु झण्डै दुई हप्ताभन्दा बढी समय थुनिएका थिए । घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ मा गुफामा फसेपनि उनीहरुको अवस्था नवौँ दिनमा मात्रै पत्ता लागेको थिए ।
उनीहरुलाई गुफाबाट बाहिर निकाल्न अन्तरराष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञलाई परिचालन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ