बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

छोरी मात्र भएका परिवारलाई प्रोत्साहन गर्ने

शनिबार, ३० असार २०७५, १६ : ४७
शनिबार, ३० असार २०७५

-रामहरि श्रेष्ठ 

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिकाले छोरी मात्र भएका परिवारलाई प्रोत्साहन गर्ने भएको छ । नगरपालिकाभित्र रहेका दुई वा दुई भन्दा बढी छोरी मात्र भएका परिवारलाई प्रोत्साहन तथा सम्मान गरिने नगरपलिकाको निति तथा कार्यक्रममा उल्लेख छ । 

समाजमा अझैं पनि छोराकै आवश्यकता महसुस गर्ने विद्यमान अवस्थालाई चिर्न यस्तो कार्यक्रम समावेश गरिएको नगरपालिकाकी उपमेयर इच्छाकुमारी गुरुङले बताइन् ।

समुदायमा छोरी भएकै कारण हिनताबोध गर्ने अवस्थालाई निरुत्साहीत गर्न यस्तो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । नगरपालिकाले दुई वा दुई भन्दा बढी छोरीमात्र भएका परिवारलाई प्रोत्साहान गर्ने कार्यक्रम सम्भवत जिल्लाका आठै स्थानिय तहमा पहिलो रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको नीति तथा कार्यक्रम अन्र्तगत सामाजीक सुरक्षा शीर्षक अन्तर्गतको ९ नम्बर बुँदामा यो कार्यक्रमलाई समेटिएको छ । छोरी मात्र भएका परिवारलाई प्र्रोत्साहन तथा सम्मान कार्यक्रम निक्कै नै स्वागतयोग्य रहेको सरोकारवालाले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप