शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टेनिस खेलाडीले नेइमारलाई जिस्क्याउँदै देखाए नाटक, भिडियो भयो भाइरल

शनिबार, ३० असार २०७५, १५ : ५७
शनिबार, ३० असार २०७५

एजेन्सी । जेनस बीजोर्कम्याचलाई बलले लाग्यो । त्यसपछि उनी जानाजान मैदानमा लडे । अनि, नेइमारलाई जिस्क्याउँदै उनले नाटक देखाए । 

यस्तो चटक नेइमारले विश्वकपमा मेक्सिको विरुद्धको खेलमा देखाएका थिए । मिगुइल लायुनले उनको खुट्टामा छोएका मात्रै के थिए, रेफ्रीलाई प्रभावमा राख्नका लागि नेइमारले मैदानमै ढलेर आफू घाइते भएजस्तो नाटक गरे । 

उक्त खेलमा ब्राजिल २–० ले विजयी भयो । तर, नेइमारको निकै आलोचना भयो । बेल्जियमसँग पराजित हुँदै ब्राजिल विश्वकपबाट बाहिरिए पनि नेइमारको उक्त घटना सेलाएको छैन । 

यही घटना अहिले ह्यासट्याग नेइमार च्यालेन्जको नामबाट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले नेइमारलेजस्तै नाटक देखाएर कमेडी भिडियो क्लिपहरु अपलोड गरिरहेका छन् ।

विम्बल्डन ओपन टेनिसको म्यान्स डबल्सतर्फको तेस्रो चरणको खेलमा बिहीबार जोनस बीजोर्कम्यानले यस्तै गरेका हुन् । आफ्ना पार्टनर टोड उडब्रिजको बलले उनको ढाडमा लागेको थियो । उनी ठिक थिए, तर यही मौकालाई उनले नेइमारलाई जिस्क्याउन प्रयोग गरे ।

उपस्थित दर्शकहरु पनि उनको क्रियाकलाप हेरेर हाँसे । त्यसपछि बीजोर्कम्याचले पनि हाँसे । खासमा उनले दर्शकहरुलाई रमाइलो देखाउन चाहेका थिए । उनी स्विेनका प्रतिस्पर्धी हुन् । बीजोर्कम्याचका प्रतिस्पर्धी मन्सुर बहरामीले पनि नेटमा चढेर सहयोगका लागि आग्रह गर्दै नाटकमा रोमाञ्च भने । 

बीजोर्कम्याचले यस्तो गतिविधिबाट ओस्कार अवार्ड जित्ने होइनन् । तर केही नयाँ फ्यान भने कमाएका छन् । यता, नेइमार आफ्नो भविष्यलाई लिएर चिन्तित छन् । युभेन्टस्ले रियल म्याड्रिडबाट रोनाल्डोलाई लगेपछि नेइमार रियल आउने हल्ला थियो । यद्यपी, रियलले प्रेस विज्ञप्ती जारी गर्दै पेरिस सेन्ट जर्माइनका यी स्टार खेलाडीलाई क्लबमा ल्याउनेबारे आफूले प्रस्ताव नराखेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप