शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोकिएन ट्रिपर आतंकः कालिमाटीमा फेरी लियो ट्रिपरले ज्यान !

शनिबार, ३० असार २०७५, १५ : ५१
शनिबार, ३० असार २०७५

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा बिहान ५ बजेदेखि राती आठ बजेसम्म ट्रिपर चलाउन रोक लगाए पनि उपत्यकामा ट्रिपर आतंक भने अझैं रोकिएको छैन ।

शनिवार मध्यान्ह काठमाडौंको सोल्टिमोडमा ट्रिपरको ठक्करबाट चितवनकी १७ वर्षीया अनुजा घिमिरेको ज्यान गएको छ । अनुजाको दाजु अनुजले चलाएका बा९६प ४९११ नम्बरको मोटरसाईकललाई ना७ख ९४७५ नम्बरको ट्रिपरले ठक्कर दिँदा उनको मृत्यु भएको महानगरीय प्रहरी वृत कालिमाटीका प्रमुख (डिएसपी) प्रदिप क्षेत्रीले जानकारी दिए । 

डिएसपी क्षेत्रीका अनुसार ट्रिपर चालक ३० वर्षीय राजकुमार तामाङ प्रहरीको नियन्त्रणमा छन् । मोटरसाईकल चालक अनुज भने सामान्य घाईते भएका छन् ।

चापागाउँबाट धादिङ नौविसेमा सिमेन्ट फ्याक्ट्रीका लागि ढुंगा बोकेर हिँडेको टिपरले सोल्टीमोडमा अपरान्ह साढे एक बजे उनीहरूलाई ठक्कर दिएको थियो । 

ट्रिपरको ठक्करबाट केही दिनअघि मात्र काठमाडौंको जडिबुटीमा दुई जनाको ज्यान गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप