नगर कार्यालय सार्ने क्रममा झडप हुँदा इन्सपेक्टर धामी घाइते
-सम्राट सिंह
बझाङ । शनिबार जिल्लाको बुङगल नगरपालिकाको कार्यालय सार्ने क्रममा विवाद भई झडप हुँदा प्रहरी निरीक्षक घाइते भएका छन् । नगरपालिकाको कार्यालय बुङगल नगरपालिका–४ बिजगडाबाट झापा सार्ने भन्ने बिषयमा विवाद भई ढुङगामुढा हुँदा प्रहरी निरीक्षक जनक धामी घाइते भएका हुन् ।
नगरपालिकाको कार्यालय मेयर धनबहादुर बिष्टले हचुवाको भरमा सार्न खोज्दा स्थानीयहरुले नगर कार्यालय घेराउ गरेको र प्रहरीले रोक्न खोज्दा झडप भएको स्थानीय नेकपाका नेता हरि कुँवरले बताए ।
दोहोरो झडप हुँदा स्थानिय बिष्णु कुँवरसहित ४ जना पनि घाइते भएको उनले बताए ।
जिल्लाको बुङगल नगरपालिकाले गरेका निर्णय तथा आर्थिक अनियमितता विरुद्ध स्थानियले पटक–पटक जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिएका छन् ।
घटनाको न्यूनिकरण गर्न प्रहरीका सबै पोष्टहरुबाट झण्डै ५० जना थप प्रहरीहरु घटनास्थल पठाएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा