शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तस्करहरुको ट्रान्जिट बनेको रुपन्देही सशस्त्र प्रहरीको कब्जामा

शनिबार, ३० असार २०७५, १५ : २३
शनिबार, ३० असार २०७५

-कमल रायमाझी

भैरहवा । स्थानीय प्रहरीहरुको मिलोमतोमा तस्करहरुको ट्रान्जिट बनेको रुपन्देहीको सिमा नाका अहिले सशस्त्र प्रहरीको कब्जामा पुगेको छ । सिमा नाकाबाट दैनिक करोडौं मुल्यका अवैध समानहरु तस्करी हुँदै भारतबाट नेपाल आउने क्रम बढ्दो भएपछि सशस्त्र प्रहरीले तस्करी नियन्त्रणमा पहलकदमी लिएको हो ।

तस्कर र सिमा क्षेत्रमा रहेका सुरक्षाकर्मीहरुको मिलोमतोमा व्यापक तस्करी हुने गरेको स्थानीय बासिन्दाले गुनासो गरे पनि कसैले नियन्त्रणमा ध्यान दिएको थिएन । लामो समयदेखि जिल्लाको सिमाक्षेत्र तस्करहरुको नियन्त्रणमा जस्तै भएको र सम्बन्धित निकायले आर्थिक लेनदेनमा चुपचाप बस्दा रुपन्देही बदनामी हुँदै गएको थियो ।

आर्थिक असुलीमा  प्रहरी अधिकृतहरु घुमुवा प्रहरी परिचालन गरेर तस्करलाई तस्करी गर्न छुट दिईरहेका बेला सशस्त्र प्रहरी बल राजश्व गस्ती डण्डाले नियन्त्रणको प्रयास गरेको छ ।

सशस्त्र प्रहरी बल राजश्व गस्ती भैरहवामा नयाँ गुल्मपतीका रुपमा सशस्त्र प्रहरी नायब उपरिक्षक सुर्य सेन ओलीको आगमनसँगै तस्करी नियन्त्रणमा सुरक्षाकर्मी परिचालन गरिएको हो ।

जसका कारण सशस्त्र प्रहरी नायब उपरिक्षक ओलीले कमाण्ड समालेको १ महिनाको अवधी पुरा नहुँदै  मात्र २७ लाख ६१ हजार ९० रुपैयाँ बराबरको तस्करी समान नियन्त्रण गरि भैरहवा भन्सार कार्यालयमा बुझाएको भैरहवा भन्सार कार्यालयले जनाएको छ  ।  

साथै करोडौं मुल्य बराबरको सवारी समान, कपडा लगायत मोटरपार्टस राजश्व अनुसन्धानमा बुझाएको राजश्व अनुसन्धान पश्चिमाञ्चल ईकाइ कार्यालय बुटवलको रेर्कडमा देखिन्छ । माथि उल्लेखित समान असार १ गतेदेखि २९ गते सम्म नियन्त्रण गरिएको रेर्कड हो ।

सशस्त्र प्रहरी बल राजश्व गस्ती भैरहवाले विभिन्न नाकामा चेकजाँच तथा पेट्रोलिङका क्रममा तस्करीमा प्रयोग भएका ना३च ३५६३ नम्बरको पिकअप बोलेरो  एक थान, लु१च ९८८४ नम्बरको सुजुकी पिकअफ एकथान, लु१च ९५८९ नम्बरको पिकअप, ना६ख ४७३४ नम्बरको लोडेड ट्रक, ४ वटा मोटर साईकल,  एकथान स्कुटर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि  भैरहवा भन्सार कार्यालय र राजश्व अनुसन्धान पश्चिमाञ्चल ईकाइ कार्यालय बुटवलमा बुझाएको छ । जुन सिमाक्षेत्रमा सशस्त्रको ठूलो सफलता हो । 

सशस्त्रले ठूलो परिमाणमा मोटर पार्टस, किराना, कस्मेटिक, कपडा, इलेक्ट्रोनिक, हार्डवयर, खाद्यन्न, चिनीलगायतका सामानहरु भारतबाट अवैध रुपमा नेपाल आउँदै गर्दा  बरामद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप