शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय हट मोडेल पुनमसँगै डेजाभुमा विश्वकप

शनिबार, ३० असार २०७५, १४ : ५५
शनिबार, ३० असार २०७५

काठमाडौं–भारतीय चर्चित मोडल तथा बलिउड नायिका पुनम पाण्डेले डेजाभु क्लब दरबार मार्ग काठमाडौंमा धमाका मच्चाउने भएकी छन् ।  रशियामा जारी विश्वकप फुटबलको अवसरमा काठमाडौं आएकी पाण्डेले आफ्ना फ्यानहरुसँग काठमाडौंको दरबारमार्गमा रहेको डेजाभु क्लबमा विशेष प्रस्तुती राख्ने भएकी छिन् । 

शनिबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गरेर डेजाभु क्लबका सञ्चालक केपी गैरेले मोडेल पाण्डेले फ्यानहरुका बीचमा विश्वकप फुटबलको फाईनल खेल हेर्ने चाहना राखेकोले काठमाडौंमा ल्याइएको जानकारी दिए । 
सन् २०१७ मा सम्पन्न विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भनेकी पुनमलाई विश्वकप फुटबलमा क्रोशियाले जितेको खण्डमा के तपाई ‘टपलेस’ हुने हो ? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भनिन, ‘त्यो पुरानो प्रसँग हो, मेरो मनसाय यसपालिको विश्वकप क्रोशियाले जितोस् भन्ने छ, क्रोशियाले जित्यो भने म के गर्छु त्यसको बारेमा जान्नको लागि भोली राती डेजाभुमा आउनु होला, थाह पाउनु हुनेछ ।’ उनले अघि थपिन्, ‘म भारतबाट नेपाल आएकी छु, भने पक्कै पनि केही त होलानी ?’ 
रशियामा जारी विश्व कपका सबै खेलहरु मध्य फ्रान्स र बेल्जीयमको राम्रो लागेको बताउदै मोडल पाण्डेले भनिन्, ‘बेल्जीयमले गोल हान्छ हान्छ जस्तो थियो तर के गर्नु फ्रान्सले जित्यो, बेल्जियमले खेल एक्दम राम्रो खेलेको थियो ।’
पुनमले भनिन्–बुद्ध नेपालमा जन्मिएका हुन् 

मोडल पाण्डेले आफु नेपालमा पहिलो पटक आएको र असाध्यै सुन्दर देशको रुपमा नेपाललाई पाएको बताएकी छन् । उनले भनिन् ‘मेरो आमाको मुखबाट नेपालको बारेमा धेरै कुरा सुनेकी थिए, बुद्ध नेपालमा जन्मिएका हुन भनेर भन्नु भएको थियो, नेपालका बारेमा आमाले धेरै कुराहरु गर्नुहुन्थ्यो, म पनि यहाँ आउनको लागि आतुर थिए, सौभाग्यवस विश्वकप फुटबलको अवसरमा आउन पाईयो, म बहुत खुसी छु ।’
उनले अघि थपिन,‘नेपाल सुन्दर देश हो, यहाँको प्रकृतिसँग म नजिक हुन चाहन्छु, बौद्ध, स्वयम्भु, पशुपतिमा घुम्ने मेरो योजना रहेको छ ।’ उनले अघि थपिन,‘कुनै समयमा एउटा झोला भिरेर नेपालमा उकाली ओरालीहरुमा घुम्ने चाहना छ, त्यो पनि पूरा हुनेछ, यति धेरै सुन्दर देशमा घुम्न पाउनु एकदम खुसिको कुरा हो ।’
किन आइन् पुनम डेजाभुमा ?
डेजाभु क्लबका सञ्चालक केपी गैरेले मोडल पुनम पाण्डेलाई पैसा तिरेर नेपाल नल्याएको स्पष्ट पारेका छन् । उनले भने, ‘हाम्रो व्यक्तिगत सम्बन्धका आधारमा उहाँलाई काठमाडौं ल्याईएको हो, बाहिर हल्ला फिजाईए अनुसार क्लबले मोटो रकम तिरेर पुनमलाई ल्याईएको होईन, नेपालमा रहेका नेपाली फ्यानहरुको मनोभावना पूरा गर्नको लागि उहाँ नेपाल आउनु भएको हो, फ्यानहरुसँगै रहेर विश्वकप फुटबल हेर्नु हुनेछ ।’
पुनमलाई नै ल्याउनुको कारण कारण के हो नि ? भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘हामीले प्राय यस्ता खालमा अवसरमा स्वदेशी तथा बिदेशी कलाकाहरुलाई ल्याएका हुन्छौं, पुनमको चर्चा विश्वमा हुन्छ, नेपालमा आउँदा हामी सबैको लागि राम्रो कुरा हो, त्यसैमाथि विश्वकप फुटबलको अवसरमा पुनम नेपाल आउनुले पर्यटन तथा आर्थिक क्षेत्रमा केही राहत मिल्छ भनेर नै हामीले उहाँलाई नेपालमा आउन आग्रह गरेका हौं ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप