पोखरा महानगरका वरिष्ठ अधिकृत मृत फेला
शनिबार, ३० असार २०७५, १४ : १८
कास्की–पोखरा-लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन् ।
तीन सातापछि वेपत्ता भएका पौडेलको शव शनिबार विहान तनहुँको भिमाद स्थित सेती नदी किनारमा शव फेला परेको हो । असार ९ गते शनिबार बिहान मर्निङ वाकमा निस्किएदेखि उनी सम्पर्कविहीन थिए ।
प्रहरीले उनको हत्या हो या आत्महत्या हो भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ । यसअघि प्रहरीले पौडेल पोखरास्थित महेन्द्रपुलबाट हाम फालेको हुन सक्ने आशंका गरेको थियो । उनको शब क्षतविक्षत अवस्थामा भेटिएको पनि जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा