बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा कामदारको तलब बढ्यो

शनिबार, ३० असार २०७५, १३ : ५०
शनिबार, ३० असार २०७५

काठमाडौं–दक्षिण कोरिया सरकारले  त्यहाँ कार्यरत श्रमिकको तलब बढाउने निर्णय गरेको छ । शनिबार सम्पन्न त्यहाँको पारिश्रमिक निर्धारण समितिको बैठकले सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब १०.९५ प्रतिशत बढाउने निर्णय गरेको हो । 

यो निर्णय ईपिएसलगायत सम्पूर्ण कामदारको हकमा लागू हुनेछ । योसँगै  कामदारको तलब प्रति घण्टा ८३५० कोरियन वोन अर्थात  दैनिक आठ घण्टा काम गरेपछि कामदारको महिनाको न्यूनतम तलब नेपाली १ लाख ६८ हजार बराबर हुनेछ । 

सन् २०१९ का लागि तय गरिएको न्यूनतम ज्याला वर्तमान राष्ट्रपति मून जेइनले राष्ट्रपति निर्वाचन ताका गरेको प्रतिबद्धता अनुरुप भएको समाचारमा जनाइएको छ । 
यो निर्णयले कोरियामा ४० हजार  बढी नेपाली लाभान्वित हुने भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप