शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालमैत्री वडा घोषणा

शनिबार, ३० असार २०७५, १३ : २३
शनिबार, ३० असार २०७५


इटहरी- प्रदेश नं १का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ । 

आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले परिवारदेखि टोल र समुदाय सबैले मिलेर बालहितका पक्षमा कसरी प्रभावकारी काम गर्न सकिन्छ भन्ने ठोस धारणा बनाउन पनि त्यत्तिकै जरुरी रहेको छ भन्नुभयो । 

धरानका धार्मिक एवं ऐतिहासिक तीर्थस्थलका रुपमा रहेको विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणा कार्यक्रममा प्राध्यापक डा टंक न्यौपाने, प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, सावित्री श्रेष्ठ र उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारीले आ–आफ्नो धारणा राख्दै धरानलाई सुन्दर, शान्त र समुन्नत ढंगले मानव बसोबासयोग्य शहर बनाउने पहिलो सूचक बालमैत्री व्यवहार नै भएको विचार व्यक्त गर्नुभयो । 
वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उक्त वडाका बालबालिकाको उल्लेख्य उपस्थिति रहेको थियो । २० वटा वडा रहेको धरान उपमहानगरपालिका–१३ लाई पनि यसअघि नै बालमैत्री वडा घोषणा गरिसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप