साँघुबाट खसेर बेपत्ता भएकी बालिकाको शव फेला
शनिबार, ३० असार २०७५, १३ : ०८
बझाङ –जिल्लाको सुर्मा गाउँपालिका २ पावरहाउस नजिकै काठको साँघु तर्ने क्रममा बाउली गाड खोलामा खसेर बेपत्ता भएकी बालिकाको शव शनिबार फेला परेको छ ।
शुक्रबार दिउँसो काठको साँघुबाट चिप्लिएर बाउली गाड खोलामा खसेर सुर्मा गाउँपालिका २ घर भएकी १२ बर्षिया बालिका रिनु बोहरा को हिजो नै शव फेला परेको थियो भने खोलामा खसेर बेपत्ता भएकी १६ बर्षिय बिमलाको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका डियसपी क्रृषिराम कडेलले बताए ।
बर्षेनी साँघु बाट खसेर यात्रुहरुको मृत्यु हुने भएकाले सो ठाउँमा झोलुङ्घे पुल निर्माण गर्नुपर्ने अवस्था देखिन्छ ।
बर्खा याममा जिल्लाको सुर्मा गाउँपालिका २ मा पर्ने पावरहाउस नजिकै हालेको काठेपुल बाट खसेर बर्षेनी यात्रुहरुको मृत्यु हुने गरेको स्थानियले बताउने गरेका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ
-
भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई