बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा गोविन्द केसीको जीवन बचाउ अभियानको थालनी

शनिबार, ३० असार २०७५, ११ : २३
शनिबार, ३० असार २०७५

बोस्टन (अमेरिका)-नेपालको चिकित्सा शिक्षाको क्षेत्रमा सुधार गर्न आमरण अनसन बसेका डा.गोविन्द केसीको जीवन रक्षाका लागि अमेरिकामा अभियान थालिएको छ । 

केसीको जीवन बचाउने पहलका लागि संयुक्त राष्ट संघीय मानवअधिकार आयोग समक्ष अपिल गर्दै चेन्ज डट ओराजीमार्फत् हस्ताक्षर संकलन अभियान थालिएको हो । 

बोस्टनस्थित सामाजिक अभियन्ता एवं स्रष्टा शिव प्रकाशले डा.केसीको प्राण रक्षा गर्न संयुक्त राष्ट संघीय मानवअधिकार आयोगसमक्ष अपिल गरिएको जानकारी दिए । 

शिवप्रकाशले बुधबार चेन्ज डट ओराजीमा अपिल तयार गरि फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालमार्फ्त सबैसंग डा.केसीको जीवन बचाउने अभियानमा साथ दिन आव्हान गरेका छन् । 

त्यसका लागि जतिसक्दो छिटो र धेरै मात्रामा हस्ताक्षर संलकन गर्न उनले चेन्ज डट ओराजीमार्फत् यो अभियान थालेका हुन् । बेलैमा आयोगसमक्ष अपिलको सुनुवाईका लागि एक लाख हस्ताक्षर पुर्याउनु आवश्यक रहेको उनले औंल्याए । उनले डा.केसीको जीवन रक्षाका लागि उच्चस्तरबाट पहल हुन सक्ने देखेर आफूले यो अभियान थालेको बताए ।

चिकित्सा शिक्षाको क्षेत्रमा व्यापक सुधार गर्न बनेको अध्यादेश बीना संसोधन विधेयकका रुपमा ल्याउन माग गर्दै डा.केसी १५ औं पटक फेरि अनसन बसेका छन् । नेपालको विकट हिमाली जिल्ला जुम्लामा विगत १४ दिनदेखि आमरण अनसनमा रहेका उनको स्वास्थ्य अवस्था दिनदिनै गम्भीर बन्दै गइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप