फोरम नेपालको निष्कर्षः राजपालाई ठूला तीनदलले उचाले
काठमाडौं– महन्थ ठाकुर संयोजक रहेको राष्ट्रिय जनता पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल यतिखेर राजनीतिका लागि एक अर्काको प्रधानशत्रु जस्तै भएका छन् ।
दिनहुँ जस्तो एक अर्काको विरोध गरिरहेकै हुन्छन् । जुनसुकै कार्यक्रम वा बैठक होस् एक अर्काको आलोचना गर्न बाँकी राख्दैनन् ।
फोरम नेपालको दुई दिनदेखि राजनीतिक समितिको बैठक चलिरहेको छ । वर्तमान राजनीतिक अवस्था, सम्पन्न चुनावको समिक्षा तथा अगामी चुनावको तयारीकाबारेमा छलफल भइरहेको छ ।
आफ्ना कुरा राख्ने हरेक नेताले राजपा नेपालको आलोचना गरेकै हुन्छन् । पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपालले काँग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलको विरोध गर्नुपर्ने तर फोरम नेपाललाई नै प्रधानशत्रुको जस्तो व्यवहार गरेको भनि टिप्पणी गरका थिए ।
राजपा नेपालले फोरम नेपालको विरोध गर्दा यसको सिधै फाइदा यी तीन ठूला दललाई मात्र हुन्छ भनि थाहा पाएर नै काँग्रेस, एमाले, माओवादीले राजपा नेपाललाई उचालेर विरोध गर्न लागेको निष्कर्ष पार्टीले निकालेको बैठकमा सहभागी एक नेताले बताए ।
फोरम नेपालको विरोध गर्दा कुनै हिसाबले त्यसका फाइदा राजपा नेपाललाई हुनै सक्दैन, जानी जानी काँग्रेस, एमाले, माओवादीको गोटी भएर विरोध गरिरहेको पार्टीको निष्कर्ष रहेको ती नेताले बताए ।
फोरम नेपाल आन्दोलन छाडेर स्थानीय तहको चुनावमा भाग लिएपछि राजपा नेपालले त्यसको विरोध गर्दै आएका छन् । माग पूरा नहुँदै चुनावमा भाग लिएर मधेशी जनतालाई धोका दिएको राजपा नेपालले निष्कर्ष निकालेको छ । त्यो दलले माग पूरा नभएसम्म चुनावमा नजाने निष्कर्ष निकालेको छ । तर फोरम नेपालले मागका लागि संघर्ष जारी राख्दै चुनावमा भाग लिने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा