शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राईलाई विकास पत्रकारिता पुरस्कार

शनिबार, ३० असार २०७५, ०९ : ३८
शनिबार, ३० असार २०७५

खोटाङ - नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष तथा ‘नागरिक’कर्मी दमन राई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । 

नगरका विभिन्न कार्यक्रम, योजना तथा अन्य गतिविधिलाई पत्रकारिताका माध्यमबाट सार्वजनिक गर्दै सेवा प्रवाहमा प्रभावकारिता, पारदर्शिता र नियमितता कायम गर्न योगदान पु¥याएवापत हलेसी तुवाचुङ नगरपालिकाको दोस्रो नगरसभाका अवसरमा नगर प्रमुख इवन राईले शुक्रबार पत्रकार राईलाई रु १० हजार राशिको सो पुरस्कार २०७५ प्रदान गर्नुभयो । 

नगरसभाका अवसरमा नगरपालिकाले उत्कृष्ट ढंगले योजनाको काम सम्पन्न गर्ने होलेसुङगढी प्रवेशद्वार निर्माण उपभोक्ता समितिलाई सम्मान गरेको छ । यस्तै शैक्षिक वर्ष २०७४÷०७५ को एसइई परीक्षामा नगरपालिकाका विद्यालयमध्येबाट उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने मालिकादेवी मावि बाहुडाँडाका विनय कार्की र प्रयूषा कार्कीलाई जनही रु पाँच हजार, ९९ वर्षीय हस्तबहादुर राई र आशमान तामाङलाई जनही रु १० हजारले सम्मान गरियो । 

तेह्रथुमको छथर गाउँपालिकामा २०७५ साल जेठ ३० देखि असार १ गतेसम्म आयोजना गरिएको प्रथम छथर गाउँपालिका प्रमुख कप राष्ट्रिय कराते प्रतियोगितामा नगरका तर्फबाट प्रथम स्थान प्राप्त गरेकामा सितोरियो कराते संघ खोटाङलाई पनि सम्मान गरियो । नगरपालिकाले स्वास्थ्य शाखाका कुमारप्रसाद ढकाललाई उत्कृष्ट कर्मचारीका रुपमा रु पाँच हजारले सम्मान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप