बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गजल

शनिबार, ३० असार २०७५, ०९ : १६
शनिबार, ३० असार २०७५

-पीपला ढुङ्गाना  

मैले रुनै बिर्सेछु अचेल 
तिमीले बानी बनायौ र पो
मोलै लाग्दैन ती आँशुको
तिमीले पानी बनायौ र पो ।

भन्थ्यौ थोरै चोटले ज्ञानी 
धेरैले बानी हुन्छ 
घाटा निखन्न सिकेँ
तिमीले हनी बनायौ र पो ।

पेटैमा दाँत  बोकी
लगाउँछन् गला जाने
बालेर प्रेमको ज्वाला 
खरानी बनायौ र पो ।

मैले बिर्सिएँ समयलाई 
सपना सम्झी नमीठो 
यता मागी प्रेमको भीख 
उसलाई रानी बनायौ र पो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप