बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राजधानीबारे प्रदेशसभामा छलफल गर्न रोक

शनिबार, ३० असार २०७५, ०६ : ५६
शनिबार, ३० असार २०७५

मकवानपुर - उच्च अदालत इजलास हेटौंडाले प्रदेश नम्बर ३ को स्थायी राजधानीबारे प्रदेशसभामा छलफल गर्न रोक लगाएको छ ।

उच्च अदालत हेटौंडाका न्ययायाधीश चिन्तामणी बरालको इजलासले बिहीबार यस्तो आदेश दिएको हो । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

हेटौंडाका अधिवक्ता ध्रुवप्रसाद चौलागाईंले नेपाल सरकार ३ नम्बर प्रदेश कर्यालय एवं मुख्यमन्त्री डोरमणी पौडेललाई समेत विपक्षी बनाई  पेस गरेको रिट निवेदमाथि सुनुवाइ गर्दै उच्च अदालतले अर्को आदेश नभएसम्म राजधानीको विषयमा बहस नगर्न आदेश जारी गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप