बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१० स्थानमा ट्राफिक बत्ती मर्मत गर्दै महानगरपालिका

शनिबार, ३० असार २०७५, ०६ : ३०
शनिबार, ३० असार २०७५

काठमाडौं - काठमाडौं महानगरपालिकाले जडान भएर पनि सञ्चालन हुन नसकेका राजधानीका मुख्य सडकका सडकबत्ती मर्मत गर्ने भएको छ । 

महानगरपालिकाले राजधानीको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न १० स्थानको ट्राफिक बत्ती मर्मत गर्न लागेको हो । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

राजधानीको माइतीघर, थापाथली, त्रिपुरेश्वर, चाबहिल, बागबजार चोक, रत्नपार्क, कालीमाटी, कोटेश्वर, नितकुने, सिंहदरबारको ट्राफिक बत्ती मर्मत गरी सञ्चालन गर्न लागिएको हो । 
 
समाचार अनुसार, कामपा नगरपरिषदले बजेट पारित गरिसकेको र केही महिनाभित्र मर्मत गरी सञ्चालन गर्ने तयारी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप