साँघु तर्ने क्रममा खोलामा खसेर १२ वर्षीया बालिकाको मृत्यु
शुक्रबार, २९ असार २०७५, २० : १०
बझाङ– जिल्लाको सुर्मा गाउँपालिका २ पावरहाउस नजिकै काठको साँघु तर्ने क्रममा बाउली गाड खोलामा खसेर आज एकको मृत्यु भएको छ । घटनामा एकजना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा सुर्मा गाउँपालिका २ घर भएकी १२ बर्षीया बालिका रिनु बोहरा रहेकी छन भने सोही वडा बस्ने १६ बर्षीया बिमला बोहरा खोलामा खसेर बेपत्ता भएको प्रहरी नायव निरिक्षक राम सिंह बोहराले बताए । खोलामा खसेर बेपत्ता भएकी बिमलाको पनि खोजी कार्य भइरहेको उनको भनाइ छ ।
बर्खा याममा जिल्लाको सुर्मा गाउँपालिका २ मा पर्ने पावरहाउस नजिकै हालेको काठेपुलबाट खसेर बर्षेनी यात्रुहरुको मृत्यु हुने गरेको स्थानीयवासीले बताउने गरेका छन् । बर्षेनी साँघुबाट खसेर यात्रुहरुको मृत्यु हुने भएकाले सो ठाउँमा झोलुङ्घे पुल निर्माण गर्नुपर्ने अवस्था देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा