बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

शुक्रबार, २९ असार २०७५, १९ : ०६
शुक्रबार, २९ असार २०७५

काठमाडौँ– नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोक थाङपाल गाउँपालिका सल्लेमा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सिन्धुपाल्चोकको मेलम्चीबाट भोताङ जाँदै गरेको लु१च ९९९ नंको जीप बिहीबार दुर्घटना हुँदा पाँच जनाको मृत्यु हुनाका साथै आठ जना घाइते भएका थिए । 

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।  साथै सभापति देउवाले उक्त घटनामा परी घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप