शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङ ग्यालेक्सीको जे६ स्मार्टफोन नेपाली बजारमा

शुक्रबार, २९ असार २०७५, १६ : ०३
शुक्रबार, २९ असार २०७५

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले इन्फिनिटी डिस्प्लेकोसाथ नयाँ स्मार्टफोन ग्यालेक्सी जे६ नेपाली बजारमा भित्र्याएको छ ।

ठूलो डिस्प्ले एरिया भएको ग्यालेक्सी जे६को इन्फिनिटि डिजाइन ग्राहकको रोजाइमा पर्ने कम्पनीको विश्वास छ । १५ प्रतिशत ज्यादा स्क्रीन भएको इन्फिनिटी डिस्प्लेले ग्राहको मन जित्ने कम्पनीको दावी छ । पातलो, हलुका तथा होम बटनको सट्टामा सफ्टवेयर पावर्ड इनडिस्प्ले सहितको विशेषता यो फोनमा रहेको छ ।

सहजताको लागि फिङ्गर सेन्सर बटनलाई पछाडिको भागमा राखिएको छ । डिस्प्ले हार्डवेरमा गरिएको परिवर्तनले प्रयोगकर्ताहरुलाई विशेष दृश्यको अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ । आइएमविजका प्रमुख प्रणय रन्त स्थापितले  ग्यालेक्सी जे६ आजका युवापिंढीलाई विशेष ध्यानमा राखेर तयार पारिएको मोबाइल भएको बताए ।  

ग्यालेक्सी जे६ मा सामसङको  वेस्ट इनक्लास क्यामरा प्रयोग गरिएको छ । यस क्यामराले जस्तो सुकै अवस्थामा जहाँ पनि आकर्षक सेल्फी खिच्न सक्छ । यसमा १३  मेगा पिक्सलको रियर सुटरको साथ १.९ अपर्चर रहेको छ । 
ग्यालेक्सी जे६ अक्टाकोर प्रोसेसर, ४जीवीको र्याम र ६४ जीवी रोममा उपलब्ध छ । यसमा एडभान्स मेमोरी म्यानेन्टमेन्ट फिचर पनि रहेको छ । यसमा सामाजिक सञ्जालका विषय वस्तुहरुलाई सीधै मेमोरी कार्डमा सार्न सकिने सुविधा रहेको छ ।  

ग्यालेक्सी जे६मा ३०००एमएएच ब्याट्री रहेको छ भने सबै सेटहरुमा आधुनिक एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको छ । ग्यालेक्सी जे६ ३२जीवीको बजार मूल्य २४ हजार सात साय ९० र ६४जीवीको २९ हजार ९० तोकिएको छ । नीलो, कालो तथा सुनौलो रङ्गमा यो फोन उपलब्ध छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप