शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको १०० दिनको कामबाट सन्तुष्ट हुने ठाउँ देखिएन : प्रचण्ड

शुक्रबार, २९ असार २०७५, १६ : ०२
शुक्रबार, २९ असार २०७५

काठमाडौं -नेकपाका अध्यक्ष प्रचण्डले सरकारको एक सय दिनको कामबाट सन्तुष्ट हुने ठाँउ नदेखिएको बताएका छन् । 

तत्कालीन एमालेको मुखपत्र नवयुगको असार अंकमा प्रकाशित अन्तर्वार्तामा प्रचण्डले सरकारको कामदेखि काँग्रेसले लगाएको अधिनायकवादसम्मबारे आफ्नो धारणा राखेका छन् । 

केपी ओली नेतृत्वको सरकार फागुन ३ मा गठन भएको थियो ।

सरकारको एक सय दिन जेठ १३ गते पुरा भएको थियो । 

अन्तर्वार्तामा प्रचण्डले अधिनायकवादको कुरा असाध्यै पूर्वाग्रही र बिक्षिप्त मानसिकताका साथ आएको दावी गरेका छन् ।

उनले अब आफ्ना दिन गए भन्ने ठान्नेहरूले यसको कुप्रचार गरेको प्रचण्डको भनाई छ । 

० कमरेड केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन पूरा गरेको छ । यही सेरोफेरोमा आइपुग्दा सङ्घीय समाजवादी फोरमलाई पनि सरकारमा ल्याउनुभएको छ । राष्ट्रिय जनता पार्टीलाई पनि गठबन्धनभित्र समेट्ने प्रयास जारी छ । सरकारको सय दिनको कामलाई कसरी मूल्याङ्कन गर्नुभएको छ रु यसबाट सन्तुष्ट हुनुहुन्छ ?

– सय दिनको सरकारको कामबाट धेरै सन्तुष्ट हुने ठाउँ त देखिएको छैन । तर, असन्तुष्टै हुनुपर्ने पनि छैन । केही महŒवपूर्ण काम भएका छन् । जस्तै : प्रधानमन्त्रीको भारत भ्रमण भएको छ, भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नुभएको छ । गम्भीर भनिएको विराटनगरबाट भारतीय फिल्ड अफिस हटाउनेजस्तो राष्ट्रिय हितसँग जोडिएको काम सम्पन्न भएको छ । सरकारले सुशासनको पक्षमा निरन्तर प्रतिबद्धता व्यक्त गरिरहेको छ । त्यसले पनि सकारात्मक सङ्केत दिएको छ । सिन्डिकेट तोड्ने, भ्रष्टाचार, तस्करी र ढिलासुस्ती नियन्त्रण गर्नेजस्ता कामहरू अघि बढिरहेका छन् । तर, हामीले चुनावका बेला जनताको अगाडि गरेको सुशासन, स्थिरता र विकासले नयाँ गति लिन्छ भनेजस्तो अलिक उत्साहपूर्ण ढङ्गले भयो है भनेजस्तो चाहिँ अलि भएको छैन । त्यसका पछाडि एउटा मुख्य कारण त पार्टी एकता नै थियो ।

पार्टी एकता हुन्छ कि हुन्न भन्नेतर्फ नै जनता, कार्यकर्ता मात्र होइन, कर्मचारीको पनि ध्यान केन्द्रित रह्यो । त्यतिमात्र होइन, सुरक्षा निकायदेखि अन्तर्राष्ट्रिय शक्ति र छिमेकी देशको पनि ध्यान त्यही“ केन्द्रित थियो । एकता भयो भने देश एउटा ढङ्गले अघि बढ्छ, भएन भने अर्को ढङ्गले जान्छ भन्ने सबैले अनुमान गरेका थिए । हामी नेतृत्व एकता हुन्छ भन्नेमा प्रस्ट नै थियौं । केही छलफल भए पनि जनतासँग बाचा–कबुल गरेकाले गर्नैपर्छ भन्नेमा थियौं । तर, छलफलका बेलामा हुने अलिअलि उतारचढाव देख्नेबित्तिकै बाहिर मान्छेले चा“हिअब एकता हुँदैन क्यारे भनेर सरकार कमजोर पो हुने हो कि भन्ने ठानेका थिए । त्यसैले, सरकारले अपेक्षाअनुसार सय दिनभित्र काम नगर्नुको मुख्य कारण यही नै थियो ।

अब पार्टी एकता भइसकेकाले पाँच वर्षसम्म स्थिर सरकार चल्ने सुनिश्चितता भएको छ । त्यसमाथि तपाईंले भनेजस्तै सङ्घीय समाजवादी फोरम पनि सरकारमा सामेल भइसकेको छ । अब त सरकार दुई तिहाइ बहुमतको बनि नै सक्यो । अब कर्मचारीतन्त्र, सुरक्षा निकायको सञ्चालन, सुशासन, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणलाई गति दिने कुरामा आशङ्का गर्नुपर्ने ठाउँ छैन । प्रधानमन्त्री र अन्य नेतृत्वका साथीहरूसँग कुरा गर्दा पनि अबचाहिँ गियर बदलेर गतिका साथ कुद्ने बेला भयो भन्ने महसुस भएको छ । मलाई विश्वास छ, अब सरकारले गति लिन्छ ।

० अन्तर्राष्ट्रिय स्तरमा राम्रो सन्देशको व्याख्या गर्नुभयो, तर एकतापछि एउटा भ्रम फैलाउन खोजिएको छ, नेपालमा कम्युनिस्टहरू आएकाले अधिनायकवाद सुरु हुन्छ, दमन सुरु हुन्छ, लोकतन्त्र कमजोर हुन्छ । यो भ्रमलाई कसरी चिर्न सकिन्छ ?

म एउटा मात्रै तथ्यबाट यो कुराको खण्डन गर्न चाहन्छु । युरोप, अमेरिका र छिमेकी भारतमा पनि लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धासहितको शासन प्रणाली ल्याउन उदारवादी अथवा बुर्जुवाहरूको त्याग र बलिदानको योगदान छ । नेपालमा चाहिँ कम्युनिस्टहरूको त्याग, बलिदान र सक्रियताबाट लोकतन्त्र आएको कुरा सबै अन्तर्राष्ट्रिय समुदायले बुझ्नुपर्छ । हामी नेपालका कम्युनिस्टहरूले हिजो बुर्जुवाहरूले अन्यत्र गरेको क्रान्ति यहाँ गरेका छौं । लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समावेशिता ल्याउने काममा सबैभन्दा बढी रगतपसिना कम्युनिस्टहरूले नै बगाएका छौं । त्यसकारण रिस र डाह गर्नुपर्ने कारण नै छैन । लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका लागि यति धेरै रगतपसिना बगाएका छौं भने यसको रक्षाका लागि हामीलाई जति अरू कसलाई माया छ रु लोकतन्त्रको रक्षा होस्, समृद्धि होस्, देशको विकास होस् भन्ने चाहना नेपालका कम्युनिस्टहरूलाई छ । कम्युनिस्ट भन्नेबित्तिकै परम्परागत जडसूत्रवादी ढङ्गले हेर्ने आँखाबाट केहीले तपाईंले भनेजस्तो भन्लान्, तर हामी त लोकतन्त्रको च्याम्पियनका रूपमा स्थापित भएकै कारण त जनताले करिब दुई तिहाइ बहुमत दिएका छन् ।

अहिले हामी झन्डै दुई तिहाइबहुमतसहित सरकारमा छौं । नेपालमा अर्को विशिष्टता के छ त भने कम्युनिस्टहरूको सरकार भएर, कम्युनिस्टको नेतृत्वले चुनाव गराएर, चुनावमा कुनै हेराफेरी गरेर हाम्रो बहुमत आएको होइन । बरु, सरकार काङ्ग्रेसको थियो । उनीहरूको नेतृत्वमा हामीले विपक्षमा रहेर चुनाव लडेका हौं । त्यसकारण, यसबाट लोकतन्त्रप्रति नेपाली जनताको प्रतिबद्धता गहिरो छ र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न कम्युनिस्टहरूले अग्रणी भूमिका खेलेकाले जनताले भोट हालेको कुरा त सीधासिधै छ नि त † त्यसैले, यहाँ अधिनायकवादको कुरा कहाँबाट आयो रु त्यो असाध्यै पूर्वाग्रही र बिक्षिप्त मानसिकताका साथ र अब हाम्रा दिन गए भन्ने ठान्नेहरूले गरेको कुप्रचारबाहेक केही होइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप