बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कान्तिपुर दैनिकले पायो नयाँ प्रधानसम्पादक

शुक्रबार, २९ असार २०७५, १५ : १५
शुक्रबार, २९ असार २०७५

काठमाडौँ । दुई प्रधानसम्पादकले राजीनामा दिएपछि खाली रहेको कान्तिपुर दैनिक र काठमाडौँ पोष्ट दैनिकमध्ये कान्तिपुर दैनिकले नयाँ सम्पादक पाएको छ ।

पत्रकार नारायण वाग्ले कान्तिपुर दैनिकको नयाँ प्रधानसम्पादक नियुक्त भएका हुन् ।

वाग्ले यसअघि पनि कान्तिपुरको सम्पादक रहिसकेका छन् ।

तर, कान्तिपुर छाडेर उनी नागरिक दैनिकको सम्पादक बन्न पुगेका थिए ।

पछिल्लो समय उनी अनलाइनमा स्तम्भकारका रुपमा रहेका थिए ।

१० वर्षअघि कान्तिपुरबाट विनोदराज ज्ञवाली अलग्गिँदा वाग्ले कान्तिपुरका सम्पादक थिए। 

प्रधानसम्पादकबाट सुशीर शर्माले राजीनामा गरेपछि यस विषयमा अनेकौ अडकल काटिएका थिए । 

राजीनामाको यकिन कारण अहिलेसम्म खुल्न सकेको छैन। 

त्यस्तै, कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्माले राजीनामा दिएको दुई दिनपछि सम्पादक हरिबहादुर थापाले पनि राजीनामा दिएका छन् ।

सम्पादक थापाले शुक्रबार कान्तिपुर व्यवस्थापनसमक्ष राजीनामा दिएका हुन् । थापा भने केही समयअघि मात्र उक्त दैनिकको सम्पादकमा नियुक्त भएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप