बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उर्जामा लगानी गर्न बेलायती राजदूतलाई उर्जामन्त्री पुनको आग्रह

शुक्रबार, २९ असार २०७५, १४ : ४६
शुक्रबार, २९ असार २०७५

काठमाडौं– उर्जा, सिचाईं तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी बेलायती राजदूत रिचार्ड मोरीसबीच भेटवार्ता भएको छ । 

सिंहदरबारस्थित उर्जामन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।  

भेटमा उर्जामन्त्री पुनले नेपालमा राजनीतिक स्थायीत्वको युग सुरु भइसकेको भन्दै बेलायती लगानीकर्तालाई नेपालको उर्जा क्षेत्रमा लगानीका लागी प्रोत्साहन गरिदिन राजदूत मोरीसलाई आग्रह गरेका छन् । 
उनले आफु उर्जामन्त्रीको रुपमा कार्यभार सम्हालेसंगै उर्जा,जलस्रोत तथा सिंचाई क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र समेटिएको श्वेतपत्र सार्वजनिक गरिएको जानकारी दिदै प्रशारण लाइनको गुरु योजना

सार्वजनिक भएकाले त्यसमा बेलायती लगानिकर्तालाई लगानी गर्न आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका मन्त्री पुनले नेपालको जलविद्युत क्षेत्रमा समेत लगानीको उपयुक्त वातावरण बनेको धारणा राखे । उनले वर्तमान सरकारको निति लगानीमैत्री वातावरण बनाउने रहेको भन्दै त्यसका लागी नयां निति ल्याउने र केही नितिमा परिमार्जन गर्ने तयारी भइरहेको जानकारी दिए ।

भेटमा राजदूत मोरीसले उर्जा क्षेत्रमा सहकार्य गर्न बेलायत सरकार तयार रहेको बताए । उनले वैकल्पिक उर्जाको क्षेत्रमा बेलायती सहयोग नियोग डिएफआईडीमार्फत काम भइरहेको जानकारी दिदै आगामी दिनमा समेत सहकार्य जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।

राजदूत मोरीसले नेपाललाई सहयोग गर्ने विषयमा विकास साझेदार अन्य अन्र्तराष्ट्रिय संघ संस्थाहरुसंग समन्वयात्मक ढंगले काम गर्न आफुहरु तयार रहेको धारणा समेत राखेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप