शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चीनतिर गैँडा, भारततिर गुपचुप नेपालको एक मात्र ‘नाच्ने भालु’ !

शुक्रबार, २९ असार २०७५, १४ : १०
शुक्रबार, २९ असार २०७५

काठमाडौँ । पहिचान भएको नेपालको अन्तिम भनिएको नाच्ने भालू ‘रङ्गिला’ छिमेकी भारतको संरक्षणस्थलमा सारिएको छ । रङ्गिलासँगै उद्धार गरिएको उसको जोडी राखिएको ठाँउमै मरेपछि जनावर संरक्षणकर्मीहरुले उक्त भालुको सुरक्षालाई प्रति चिन्ता व्यक्त गरेका थिए ।

१९ वर्षे रङ्गिलालाई केही महिना अघि सर्कसवालाबाट उद्धार गरिएको थियो । हाल यसलाई ३० घण्टाको यात्रापछि आग्रास्थित संरक्षणस्थल पु¥याइएको छ । 

भारतको जनवार उद्धार संस्था वाईल्ड लाईफ एसओएसका अधिकारीहरुले भालू आफूहरुको आई पुगेको एएफपीलाई बताए । 

वाईल्डलाईफ एसओएसले आग्रामा भालु उद्धार सेवा सञ्चालन गर्छ ।

“जुलाई ११ मा भालू हामीकहाँ आइपुग्यो । हामीले उसको ख्याल गरिरहेका छौँ र खाना दिइरहेका छौँ । उसलाई मह असाध्यै मनपर्छ,” वाइल्डलाइफ एसओएसका सदस्य कार्तिक सत्यनारायणले भने । 
“क्वारेन्टाइन अवधिपछि उसको घुलमिल र पुनःस्थापना प्रक्रिया शुरु गर्नेछौँ ।” 

अघिल्लो पुस महिनामा रङ्गिलालाई अर्को एक भालुसँगै नेपालको दक्षिणी भेगमा दुई सडक प्रदशर्नीकर्ताहरुबाट उद्धार गरिएको थियो । उनीहरुले यी जोडी भालूलाई मनोरञ्जनको लागि प्रयोग गरिरहेका थिए ।

उद्धार पछि उनीहरुलाई काठमाडौँको चिडियाखानामा लगिएको थियो । तर, चिडियाखानामा लगेको केही हप्तामै पोथी भालू भने म¥यो । संरक्षणकर्मीहरुले चिडियाँखानाको ‘बेवास्ता’ उक्त भालूको मृत्यको लागि जिम्मेबार रहेको आरोप लगाएका छन् ।

अघिल्लो महिना जेन गूडल इन्स्टिच्युट र द वर्ड एनिमल प्रोटेक्सन ग्रुपको ठूलो दबाब पछि नेपाल सरकारले बँचेको रङ्गिलालाई स्थानतरण गर्न अनुमिति दिएको थियो ।

भारतले प्रतिबन्ध लगाएको एक वर्ष पछि वि.स. २०३० मा नेपालले भालूलाई मनोरञ्जनको लागि प्रयोग गर्न प्रतिबन्ध लगाएको भए पनि देशको दक्षिणी भेगमा फाट्टफुट्टरुपमा यो अभ्यास जारी रहेको छ । 

तालिमकर्ताहरुले भालूलाई जङ्गली अवस्थाबाट समातेर तिनको पछाडीको खुट्टामा उभिएर नाच्ने तालिम दिन्छन् । त्यसका लागि उनीहरुले भालूको थुतुनोमा तातो रडले छेडेर डोरी र चेनले बाँध्छन् ।

नेपाल, भारत, भुटान र श्रीलङ्काको रैथाने भालूलाई मनोरञ्जनको लागि प्रयोग गरिने अभ्यास निक्कै पुरानो हो । १३ औं शताब्दीमा राजकीय संरक्षण पाएका मुसलमान कलन्दर समूदायले यसको प्रचलन शुरु गरेको विश्वास गरिन्छ ।

(एएफपीबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप